
जन्मदिनमा संचारकर्मी अनिताले गरिन् शैक्षिक सामग्री प्रदान

राधा पाण्डे, पुस १४ कपिलवस्तु।
जन्मदिनको विशेष अवसरमा संचारकर्मी अनिता क्षेत्रीले शैक्षिक सामग्री प्रदान गरेकी छन् ।
अर्घाखाँची स्थाई घर भई हाल कपिलवस्तुलाई कार्यथलो बनाएकी क्षेत्रीले नव दुर्गा आधारभूत विद्यालय मोतीपुर डाँडामा अध्ययनरत २ छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान गरेकी हुन् । आर्थिक अवस्था न्यून रहेका लक्ष्मी पुन र सुजन पुनलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।
विगतका केही वर्ष यता कपिलवस्तु र अर्घाखाँचीका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्दै आएकी उनले आगामी दिनमा पनि निरन्तरता बताइन् । आफुले गरेको सानो सहयोगले विद्यार्थीलाई केहि भएपनि सहयोग मिल्ने उनले बताएकी छन् ।
कार्यक्रम अनिता क्षेत्रीको अध्यक्षता, विद्यालयका प्र.अ. बलराम पाण्डेको प्रमुख आतिथ्यता, संचारकर्मी राधा पाण्डेको स्वागत मन्तव्य र दीपा महतको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा शिक्षक पुर्ण बहादुर गुरुङ, सागर पौडेल, तिलक ज्ञवालीले जन्म दिनको अवसरमा क्षेत्रीले गरेको यो कार्य सह्राहनीय रहेका बताएका थिए ।
शिक्षक, विद्यार्थी, संचारकर्मी लगायत लोक गायकको समेत उपस्थिति रहेको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया