
बैज्ञानिक बन व्यवस्थापन लगाएको रोक फिर्ता नलिएको भन्दै बन उपभोक्ता द्धारा प्रर्दशन

पुस १४ कपिलवस्तु ।
सरकारले बैज्ञानिक बन व्यवस्थापन,काठ उत्पादन, विक्री र ओसारपसारमा लगाएको रोक फिर्ता नलिएको भन्दै कपिलवस्तुमा वन उपभोक्ताहरु आन्दलित भएका छन् ।
उनीहरुले आज कपिलवस्तुको डिभिजन बन कार्यालय गौतमबुद्ध घेराउ समेत गरेका छन् । सामुदायिक तथा साझेदारी बनका उपभोक्ताहरुले सरकारले गरेको निर्णय बिरुद्ध प्रर्दशन समेत गरेका थिए । शिवराज नगरपालिका ५ समिति चोक बाट र्याली निकाली चन्द्रौटा बजार क्षेत्र परिक्रम गरी उनीहरुले बन कार्यालय घेराउ गरेका हुन ।
बैज्ञानिक बन व्यवस्थापन सहित देशभरी काठजन्य वस्तुमा लगाएको प्रतिबन्ध फुकुवा गर्न पटक पटक माग गरेपनि त्यसलाई सरकारले बेवास्ता गरेका कारण सडकमा उत्रिन परेको कपिलवस्तु साझेदारी बन व्यावस्थापन समितिका अध्यक्ष गंगेश तिवारीले बताउनुभयो । जेष्ठ १५ गते गरेको मन्त्रीपरिषदको निर्णय असान्र्दभिक र हचुवाको भरमा ल्याइएको र यसले विदेशी काठ आयात बढ्ने र नेपाली काठ जंगलमै कुहिने अवस्था आएकोले निर्णय सच्याउन आग्रह गरेको उहाँले बताउनुभयो ।
पटक पटक आन्दोलन गर्दा समेत सुनुवाई नभएको कारण अब सडक बन्द जस्ता आन्दोलनका कार्यक्रम गर्ने सर्घष समितिका संयोजक रेणु सेनले बताउनुभएको छ ।
सरकारले जेष्ठ १५ गते देशका विभिन्न क्षेत्रमा काठ ओसारपसार गर्ने कार्यमा बनक्षेत्रको दुरुपयोग भएको भन्दै सबै काम तत्काल रोक्न र जे जहा छ त्यहि राख्ने निर्देशन सहितको निर्णय गरेको थियो । उक्त निर्णयको देशभर अहिले विरोध भइरहेको छ । देशभरका साझेदारी बन, सामुदायिक बन, बन पैदावार व्यवसायी महासंघ, बन सम्बद्ध संघ संस्थाहरुले समेत सरकारको निर्यण गलत भएको भन्दै सच्याउन दबाब दिदै आएका छन् ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया