

सर्वोच्चले संसद पुर्नस्थापना नगरे आन्दोलनबाटै हुने नेकपा नेता भूषालको दाबी



पुष १२ बुटवल ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भूषालले सर्वोच्च अदालतले संसद पुर्नस्थापना नगरे आन्दोलनबाटै हुने दाबी गरेका छन् । संविधानविपरित प्रतिनिधिसभा विघटन गरिएकाले त्यसलाई सर्वोच्च अदालतले पुनःस्थापना गर्ने उनको विश्वास छ ।
नेकपा रुपन्देहीले आइतबार तिलोत्तमामा आयोजना गरेको भेलामा बोल्दै भूषालले यदि अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे देशभर आन्दोलन हुने र त्यही आन्दोलनले प्रतिनिधिसभा पुनःस्थापना हुने उल्लेख गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित कदम चालेर पार्टीको विधि र पद्धति समेत उल्लंघन गरेको बताए । पार्टीले सरकार संचालनमा कुनै अवरोध नगरेको जिकिर गर्दै उनले प्रधानमन्त्री ओलीले घेराबन्दी गरियो भन्ने भ्रम सृजना गरेको बताए । उनले गैरसंवैधानिक कदम चालेको भन्दै प्रधानमन्त्री ओलीको भूसालले चर्को आलोचना गरे । एमसीसी परियोजनालाई संसोधनसहित पास गर्नेबारे विवाद रहे पनि अन्य कुनै पनि विवाद पार्टीमा नभएको उनको भनाइ छ ।
प्रतिनिधिसभा पुनःस्थापना भए पार्टी फुटबाट पनि जोगिने नेता भूसालले दाबी गरे । पार्टीमा ७० प्रतिशित नेता तथा कार्यकर्ताले ओलीको कदमको विरोध गरिरहेको जिकिर गर्दै उनले प्रतिनिधि सभा पुनःस्थापना नभए स्वतः बिद्रोह शुरु हुने उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्व सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री ओलीले कम्युनिष्ट आचरण त्यागेको आरोप लगाइन । प्रतिनिधिसभा विघटन गैरसंविधानिक कदम भएकाले यसलाई नसच्याए देश गम्भीर संकटमा फस्ने उनको भनाइ छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया