

मन्त्रीको सपथमा अग्नि सापकोटा




काठमाडौं ,पुस ११
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल थप तथा हेरफेर गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपतिको कार्यालयमा सपथ खुवाइयो । सो सपथग्रहण समारोहमा राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि पुगेका थिए ।
नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाएको समारोहमा प्रधानमन्त्रीको ओलीको दायाँतर्फ राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना उभिएका थिए भने बायाँतर्फ विघटन गरिएको प्रतिनिधि सभाका सभामुख ।
सपथ ग्रहण समारोहको सो तस्वीर बाहिरिएपछि संसद भंग गरिएपछि पनि अग्नि सापकोटा कसरी शीतल निवास पुगे भनेर धेरैलाई आश्र्चर्य लागेको छ ।
संविधानको धारा ९१ मा सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था छ । सो धाराको उपधारा ६ मा प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त अवस्थाबारे उल्लेख छ । जस अनुसार प्रतिनिधिसभा विघटन भएपनि आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् भन्ने व्यवस्था गरिएको छ ।
सोही संवैधानिक प्रावधान अनुसार शुक्रबार भएको मन्त्रीहरुको सपथ समारोहमा सभामुख अग्नि सापकोटाले सहभागिता जनाएका हुन् ।



खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया