

महिला सीडीओ गुल्मीमा पहिलोपटक



पुस ११ गुल्मी ।
गुल्मीमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओे) आएकी छन् । जिल्लामा सीडीओे रुद्रादेवी शर्मा रामेछापबाट सरुवा भएर गुल्मी आएकी हुन् ।
११ महिनासम्म रामेछाप जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा ३९औं प्रमुख जिल्ला अधिकारी हुन् । यसअघिका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको गृहमन्त्रालयमा सरुवा भएपछि उनको यहाँ सरुवा भएको हो ।
जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेको ५० वर्षे इतिहासमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओे० पाएको हो । २०२७ सालदेखि प्रमुख जिल्ला अधिकारी (सीडीओे० रहेको इतिहासमै महिला भने आएका थिएनन् ।
कार्यभार सम्हालेपछि सीडीओ शर्माले जिल्लास्थित विभिन्न क्रियाशील राजनैतिक दल, पत्रकार, संघसंस्थाहरुका प्रमुखहरुसँग परिचयात्मक कार्यक्रम र जिल्लाको वस्तुस्थितिको बारेमा समेत जानकारी लिएकी छन् ।
पत्रकारहरुसँगको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले आफ्नो मुख्य भूमिका जिल्लावासीको लागि शान्ति सुरक्षा दिनु र अपराध नियन्त्रण गर्नु रहेको बताइन् ।
जिल्लामा शान्ति सुरक्षा र अपराध नियनत्रण भइसकेपछि जनताले न्यायको अनुभुति हुने काम हुने भएकाले त्यसतर्फ ध्यान केन्द्रित हुने शर्माले बताइन् ।
सरकारी कार्यालयहरुले दिने सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र पारदर्शी बनाउनको लागि सबै कार्यालयहरुसँग समन्वय गरेर अगाडि बढने बताइन् । जिल्लाबाट हुने सेवा प्रवाहलाई नागरिकमैत्री, सेवाग्रही मैत्री तरिकाले प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।
सबैसँग मिलेर कानुनको शासनमा बिबेकशिलता र संवेदनशीलतामा रहेर सेवा प्रवाह प्रदान गर्ने शर्माको भनाइ छ । जनमुखी प्रशासन, पारदर्शीता र सुशासनको सिद्धान्तबाट अगाडि बढने लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।
२०६६ सालबाट सरकारी सेवामा प्रवेश
२०६६ सालमा अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गरेकी सीडीओ शर्मा झण्डै ९ वर्षको अन्तरालमा नेपाल सरकारको सह(सचिव पदमा पुगेकी हुन् । सरकारी सेवामा प्रवेशपछि उनी ६ वर्ष राष्ट्रिय योजना आयोगमा काम गरेको अनुभव रहेको छ ।
त्यस लगत्तै २०७२ सालमा नेपाल सरकारको उपसचिव भएपश्चात सञ्चार मन्त्रालयमा काम गरेको उनले बताइन् । २०७५ सालमा नेपाल सरकारको सह(सचिवमा नाम निकालेपछि उनले बागमती प्रदेशमा मुख्यमन्त्रीको कार्यालयमा सचिवको रुपमा काम गरेकी थिइन् ।
त्यसपछि १३ महिना महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा काम गरिन् । केही समय श्रम मन्त्रालय हुँदै १० महिनासम्म रामेछाप जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहेर काम गरेपछि उनी गुल्मी सरुवा भएकी हुन् ।
उनको सीडीओको रुपमा गुल्मी दोस्रो कार्यालकाल हो । उनको पुख्र्यौली घर बागलुङ हो ।अनलाइन खबरबाट


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया