

ओलीले लोकतन्त्रको हत्या गर्ने दुस्साहस गरे : प्रचण्ड



काठमाडौं , पुस १०
नेकपा (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीको नेतृत्वको सरकारले संसद विघटन गरेर निरंकुशता देखाएको बताएका छन् । उनले संसद विघटनकोे मुद्दा अदालतमा मात्रै नगएर जनतामा समेत गएको बताए ।
उनले संसद विघटनका विरुद्धमा आजैबाट आन्दोलन सुरु भएको भन्दै पहिलो चरणको आन्दोलनबाट पनि सुनुवाइ नभए सशक्त आन्दोलन गर्न बाध्य हुने बताए । ‘काँग्रेस जसपा र नागरिकहरुसँग लगातार संवादमा छौँ । संयुक्त कार्यक्रम ल्याउने तयारी पनि गर्दैछौँ,’ प्रचण्डले भने, ‘संविधानले गरेको व्यवस्थाबारे हामी सबैलाई थाहा छ । पार्टी एकीकरण गर्दा ४४१ जनाको केन्द्रीय समिति बनाएका थियौँ । त्यो मध्ये हामीले अस्ति केन्द्रीय समितिको बैठक सुरु गर्दा झण्डै ३१५ जना सहभागी भयौँ ।’
उनले २९५ जनाको हस्ताक्षर आजै निर्वाचन आयोगमा बुझाएको जानकारी दिदै त्यो संख्या बहुमत भएको र अर्कोतिर ४० प्रतिशत पनि नपुगेकाले पार्टीको नाम, चुनाव चिन्ह र लोगो आफ्नो नेतृत्वको नेकपाले पाउने कुरा स्वतः सिद्ध भएको बताए । उनले लोकतन्त्रको हत्या गर्ने दुस्साहस गरिएको बताए । ‘सदनभित्रबाट समस्या समाधान हुँदासम्म सदन विघटन र अर्को निर्वाचनमा जाने कुरै हुँदैन’, प्रचण्डको भनाइ छ । निर्मम, निरंकुश र तानाशाहीको नाङ्गो रुप भएकाले यो लोकतन्त्रमाथिको हत्या भएको उनको दावी थियो ।
प्रचण्डले आफुहरुले ७० प्रतिशत नेकपाका नेताहरु आफुतिर भएपछि ओली पक्षले ११९९ सय सदस्य बनाएर नौटङ्की गरेको बताए । उनले निर्वाचन आयोगप्रति विश्वास रहेको भन्दै आफ्नो दावीमा आयोगले निष्पक्ष फैसला गर्छ भन्नेमा विश्वस्त रहेको बताए । तैपनि उनले संविधानविरोधी तत्त्वहरुले षड्यन्त्रहरु गर्न सक्ने भएकाले आफुहरु संशकित रहनुपरेकाले आज शीर्ष नेताहरु आयोग पुग्नुपरेको र यहीँ रहेको सन्देश दिन खोजेको बताए ।
उनले युगान्तकारी परिवर्तनका लागि सञ्चारकर्मीको ठूलो भुमिका रहने भन्दै फेरी साथ दिन आग्रह गरे । ‘प्रधानमत्रनी केपी ओलीले लोकतन्त्रलाई धराप पार्ने काम गर्नुभयो । यो सामान्य कुरा होइन । प्रतिनिधि सभा विघटनका विरुद्ध संसार एकमत भएको छ,’ प्रचण्डको भनाइ थियो ।
कार्यक्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकले गरेका निर्णयका बारेमा जानकारी गराएका थिए । उनले लोकतन्त्र र संविधानको पक्षमा भएको आन्दोलनमा साथ दिने सबैलाई धन्यवाद दिएका थिए ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया