

ओलीले लोकतन्त्रको हत्या गर्ने दुस्साहस गरे : प्रचण्ड



काठमाडौं , पुस १०
नेकपा (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीको नेतृत्वको सरकारले संसद विघटन गरेर निरंकुशता देखाएको बताएका छन् । उनले संसद विघटनकोे मुद्दा अदालतमा मात्रै नगएर जनतामा समेत गएको बताए ।
उनले संसद विघटनका विरुद्धमा आजैबाट आन्दोलन सुरु भएको भन्दै पहिलो चरणको आन्दोलनबाट पनि सुनुवाइ नभए सशक्त आन्दोलन गर्न बाध्य हुने बताए । ‘काँग्रेस जसपा र नागरिकहरुसँग लगातार संवादमा छौँ । संयुक्त कार्यक्रम ल्याउने तयारी पनि गर्दैछौँ,’ प्रचण्डले भने, ‘संविधानले गरेको व्यवस्थाबारे हामी सबैलाई थाहा छ । पार्टी एकीकरण गर्दा ४४१ जनाको केन्द्रीय समिति बनाएका थियौँ । त्यो मध्ये हामीले अस्ति केन्द्रीय समितिको बैठक सुरु गर्दा झण्डै ३१५ जना सहभागी भयौँ ।’
उनले २९५ जनाको हस्ताक्षर आजै निर्वाचन आयोगमा बुझाएको जानकारी दिदै त्यो संख्या बहुमत भएको र अर्कोतिर ४० प्रतिशत पनि नपुगेकाले पार्टीको नाम, चुनाव चिन्ह र लोगो आफ्नो नेतृत्वको नेकपाले पाउने कुरा स्वतः सिद्ध भएको बताए । उनले लोकतन्त्रको हत्या गर्ने दुस्साहस गरिएको बताए । ‘सदनभित्रबाट समस्या समाधान हुँदासम्म सदन विघटन र अर्को निर्वाचनमा जाने कुरै हुँदैन’, प्रचण्डको भनाइ छ । निर्मम, निरंकुश र तानाशाहीको नाङ्गो रुप भएकाले यो लोकतन्त्रमाथिको हत्या भएको उनको दावी थियो ।
प्रचण्डले आफुहरुले ७० प्रतिशत नेकपाका नेताहरु आफुतिर भएपछि ओली पक्षले ११९९ सय सदस्य बनाएर नौटङ्की गरेको बताए । उनले निर्वाचन आयोगप्रति विश्वास रहेको भन्दै आफ्नो दावीमा आयोगले निष्पक्ष फैसला गर्छ भन्नेमा विश्वस्त रहेको बताए । तैपनि उनले संविधानविरोधी तत्त्वहरुले षड्यन्त्रहरु गर्न सक्ने भएकाले आफुहरु संशकित रहनुपरेकाले आज शीर्ष नेताहरु आयोग पुग्नुपरेको र यहीँ रहेको सन्देश दिन खोजेको बताए ।
उनले युगान्तकारी परिवर्तनका लागि सञ्चारकर्मीको ठूलो भुमिका रहने भन्दै फेरी साथ दिन आग्रह गरे । ‘प्रधानमत्रनी केपी ओलीले लोकतन्त्रलाई धराप पार्ने काम गर्नुभयो । यो सामान्य कुरा होइन । प्रतिनिधि सभा विघटनका विरुद्ध संसार एकमत भएको छ,’ प्रचण्डको भनाइ थियो ।
कार्यक्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकले गरेका निर्णयका बारेमा जानकारी गराएका थिए । उनले लोकतन्त्र र संविधानको पक्षमा भएको आन्दोलनमा साथ दिने सबैलाई धन्यवाद दिएका थिए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया