

कपिलवस्तु जेसीजले पा¥यो उत्कृष्ट शाखा आर्वड




ई–साझाकुरा संवाददाता, पुस १०
कपिलवस्तु जेसीज २०२० ले उत्कृष्ट शाखा प्रतिवेदनबाट सम्मान पाएको छ । रुपन्देहीको भलवाडीमा भलवाडी जेसिजको आयोजनामा आयोजित ४७ औँ राष्ट्रिय महाधिवेशनबाट कपिलवस्तुले आर्वड हात पारेको छ ।
ईतिहासमा पहिलो पटक एकै वर्षमा दुई महत्वपूर्ण सफलता कपिलवस्तु जेसीजले हात पारेको छ । कोरोना महामारीको बेला घर घरमा डाक्टर अभियान चलाएर नेपालमै लोकप्रियता कमाएको कपिलवस्तु जेसिसले वृहत रक्तदान कार्यक्रम साथै सुरक्षाकर्मी तथा जिल्ला भित्रका सम्पूर्ण संचारकर्मीहरुलाई कोरोनाबाट बच्नका लागि स्वास्थ्य सामाग्री वितरण गरेको थियो । त्यसैको नतिजा स्वरुप पनि कपिलवस्तु जेसीसले उत्कृष्ट महिना (जेसीज अफ द मन्थ जुन ) को अवार्ड सहित नेपाल जेसीसको धन्यवादको पात्र बनेको थियो ।
नेपाल जेसिसका अध्यक्ष सिनेटर अशोक शंकरले आवर्ड प्रदान गरेको कपिलवस्तु जेसीस २०२० का अध्यक्ष मनोज कुमार खत्रीले बताएका छन् । कपिलवस्तु जेसीस २०२० को नेतृत्व अन्य वर्षको नेतृत्व भन्दा क्रियाशिल रहेको छ ।



खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया