

सवारी कारबाहीबाट मात्र गुल्मीमा २० लाख बढी राजश्व संकलन





गुल्मी, पुस ९
जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा २० लाख बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७७/७८ को ५ महिनासम्मको अवधिमा जिल्ला ट्राफिक कार्यालय गुल्मीले गरेको सवारी कारवाहीमा २० लाख ५७ हजार राजस्व संकलन भएको हो ।
यो अवधिमा तीन हजार ५० वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेयले बताए ।
जसअनुसार साउन महिनामा ४५० वटा सवारी कारवाहीमा २ लाख ७२ हजार ५ सय राजस्वर संकलन भएको छ । त्यस्तै भदौ महिनामा ४५० वटा सवारी कारबाहीमा २ लाख ७९ हजार ९ सय राजस्वर संकलन भएको छ ।
असोज महिनामा ६ सय सवारी कारबाहीमा ४ लाख २३ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै काक्तिक महिनामा ७५० वटा सवारी कारबाहीमा ५ लाख १२ हजार राजस्व संकल भएको छ ।
मंसिर महिनामा ८ सय सवारी कारबाहीमा सबैभन्दा धेरै ५ लाख ७० हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
चालक र यात्रुलाई प्रशिक्षण
दुर्घटना न्यूनीकरण गर्न दैनिक जसो सडकमा सञ्चालन हुने साना, ठूला सवारी साधनका चालक, सहचालक र यात्रुहरुलाई दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण गरेको जिल्ला ट्राफिक कार्याल्य गुल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक पाण्डेयले बताए ।
यसले सवारी दुर्घटना न्यूनीकरण गर्न मद्दत गर्ने प्रहरीको विशवास छ । जिल्ला सदरमुकाम तम्घासमा हुने सवारी चापलाई मध्य नजरराखेर विभिन्न रुटमा सवारी चलाउने नियम बनाएको ट्राफिक प्रहरीले जनाएको छ ।
सदरमुकाम तम्घास भएर आवतजावत गर्ने टिपरहरुलाई उदिनढुंगाबाट धागिथुम हुँदै बाख्रेछेडा भएर आवत जावत गर्ने रुट बनाएर भिडभाड कम गर्ने काम गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
बजारभित्र सामान अनलोड गर्न बेलुकी ४ बजेदेखि बिहान ९ बजेसम्म समय तोकिएको जिल्ला ट्राफिक कार्याल्य गुल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक पाण्डेयले बताए । त्यस्तै लोड गर्न बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म समय तोकिएको छ ।
बजारभित्र सडक सानो रहेकाले पनि यसले बजार क्षेत्रभित्र हुने ट्राफिक जामलाई कम गर्ने काम गरेको पाण्डेयले बताए ।
ट्राफिक प्रहरीले जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्नका विद्यार्थीहरुलाई सचेतना कक्षा संचालन गर्नुका साथै सुरक्षित चालक बनाउनका लागि कक्षा संचालन, यातायात व्यवसायीहरु, चालक तथा सहचालकहरुलाई निरन्तर सचेतना कक्षा गर्ने भएको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया