प्रचण्डलाई छाड्ने, ओलीसँगै बस्ने बादल

काठमाण्डौ ,पुस ९

गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले प्रचण्ड–नेपाल समूहलाई छाड्ने उनका निकटवर्तीहरूले बताएका छन् । उनीहरूका अनुसार बादल केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपामा नै बस्ने भएका हुन् । उनी बुधबार ओलीसँग दुईघण्टा छलफलमा बसेका थिए । बादल निकट स्रोतले दिएको जानकारीअनुसार ओलीसँगको छलफलपछि सँगै रहन उनी तयार भएका हुन् ।

तर दुई नेताबीच के विषयमा कुराकानी भयो र के सहमति भयो भन्नेबारेमा भने केही खुलाइएको छैन ।

प्रतिक्रिया

खबर सबै