

आफ्नैले काम गर्न नदिएपछि संसद भंग : नेता रायमाझी



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्रीलाई कुनै पनि काम गर्न नदिएकाले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिने र काम गर्न सकेन भन्ने खालको स्थिति भएपछि संसद विघटन गर्नुको विकल्प नभएको बताए।
प्रतिपक्षले सरकारलाई काम गर्न दिने तर आफ्नै दल भित्रका सांसदहरुले काम गर्न नदिने स्थिति भएपछि प्रतिनिधि सभा विघटन गरी नयाँ जनादेशमा जानुको विकल्प नभएको नेता रायमाझीले दाबी गरे। उनले संसद पुर्नस्थापना गर्नभन्दा नयाँ जनादेश लिन मध्यावधिक चुनावमा जानुपर्नेमा जोड दिए।
यस्तै पार्टी भित्र पहिलो अध्यक्षको निर्णय नै अन्तिम हुने पनि उनले बताए। त्यसै अनुसार केन्द्रीय सदस्यहरुको संख्या थप गरिएको पनि स्पष्ट पारे।
नेकपाकै अर्का नेता कृष्णभक्त पोखरेलले भने आफ्नै दलसँग पनि छलफल नगरी विघटन गरिएको र संविधानमा हुँदै नभएको व्यवस्थामा टेकेर विघटन गरिएको भन्दै विरोध गरे।
कुनै पनि काम गर्न नसक्ने सरकारले आफ्नो पार्टी र संसदलाई छल्दै संसद नै विघटन गर्ने कार्य गैह्र कानूनी भएको बताए। संविधानले प्रधानमन्त्री र राष्ट्रपति कसैलाई पनि संसद विघटनको अधिकार नदिएको पनि स्पष्ट पारे तर पनि प्रधानमन्त्री ओलीले विघटन गरेपछि आफूहरु सर्वोच्च अदालतमा गइसकेको र त्यहीबाट न्याय पाउने विश्वास पनि व्यक्त गरे। यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भएका केन्द्रीय सदस्यहरुको बहुमत सदस्य नभईकन बसेको बठकले गरेका निर्णयहरु कुनै पनि कोणबाट आधिकारिक नहुने पनि स्पष्ट पारे


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया