
ओलीलाई अध्यक्षबाट निश्कासन गरेको निर्णय सहित प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा

काठमाडौं, पुस ८
नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड- माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराएको छ ।
मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयनको निर्णय गरेको थियो । उक्त निर्णयबारे जानकारी गराउन बुधबार नेकपा केन्द्रीय सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता मुक्ति प्रधानसहितको टोली कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।
यसअघि मंगलबार केपी ओली पक्षले नेकपाको केन्द्रीय कमिटी ४४७ सदस्यीयबाट विस्तार गरेर ११९९ सदस्यीय बनाएको भनी निर्वाचन आयोगमा जानकारी गराएका थिए ।
दुवै पक्षले आआफ्नो दावीसहित आयोगमा पत्र पठाएपछि आयोगले अब नेकपाको कुन समूह बैधानिक हो भन्ने निर्णय दिनुपर्नेछ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया