

पत्रकार महासंघ कपिलवस्तुको भवन उद्धघाटन




पुष ७ कपिलवस्तु ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुले निर्माण गरेको शाखाको भवन आज औपचारीक उद्धघाटन गरिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित बोडउँमा निर्माण सम्पन्न भवनको नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले उद्ध्घाटन गर्नुभएको हो । भवन उद्धघाटन गर्दै अध्यक्ष आचार्यले पत्रकारहरुको एकताबद्ध गराउने अभियानमा नेपाल पत्रकार महासंघ क्रियाशिल रहेको बताउनुभयो ।
उहाँले कपिलवस्तु शाखाले पत्रकारीता जगतमा देखाएको सक्रियताकै कारण आज आफ्नै भवन छोटो समयमा बन्न पुगेको बताउनुभयो । त्यस्तै उहाँले सबै पत्रकारहरु अटाउने साझा घर नेपाल पत्रकार महासंघ भएको भन्दै देशको विषम परिस्थितिमा बढो संयम र सजगताका साथ आफ्नो कलम चलाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।
अन्य जिल्लामा पत्रकार महासंघले आफ्नो जग समेत बसाल्न नसकिरहेका बेला कपिलवस्तु शाखाले देखाएको सत्रियताले जिल्लामा पत्रकारीताको जग बलियो बनेको पनि उहाँले बताउनुभयो ।
यसैबिच नवनिर्मित भवनको उद्धघाटन सँगै सोही भवनमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुले पहिलो पटक जिल्लाका क्रियाशिल पत्रकारहरुका लागि पत्रकार आचारसंहिता विषयक एक अन्र्तक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ । अन्र्तक्रियामा प्रेस काउन्सिल नेपालका प्रशासकिय प्रमूख झबिन्द्र भुसालले पत्रकारको आफ्रनै आचारसंहिता भएको भन्दै सोही अनुसार पत्रकारीतामा आगडि बढ्ना कपिलवस्तुका पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । उहाँले देशको वर्तमान परिस्थितलाई समाचार बनाउँदा धेरैखाले त्रुटि हुन सक्नै भन्दै निश्पक्ष र तथ्यपरक विषयवस्तुलाई मात्रै उठाउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष डिलाराम भुषालको अध्यक्षता सहित केन्द्रीय सदस्य वसन्त गिरी, वडा अध्यक्ष गुणनिधी भुसाल, प्रेस युनियनका जिल्ला सभापती गोपाल भन्डारी लगाएतको आतिथ्यता रहेको थियो ।
आज उद्धघाटन गरिएको शाखाको भवन कुल चालीस लाखको लागतमा निर्माण सम्पन्न भएको शाखाले जनाएको छ । भवनको तेस्रो तल्ला सम्म बनाउने योजना रहेको साखा अध्यक्ष डिलाराम भुसालले बताउनु भयो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया