

पत्रकार महासंघ कपिलवस्तुको भवन उद्धघाटन




पुष ७ कपिलवस्तु ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुले निर्माण गरेको शाखाको भवन आज औपचारीक उद्धघाटन गरिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित बोडउँमा निर्माण सम्पन्न भवनको नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले उद्ध्घाटन गर्नुभएको हो । भवन उद्धघाटन गर्दै अध्यक्ष आचार्यले पत्रकारहरुको एकताबद्ध गराउने अभियानमा नेपाल पत्रकार महासंघ क्रियाशिल रहेको बताउनुभयो ।
उहाँले कपिलवस्तु शाखाले पत्रकारीता जगतमा देखाएको सक्रियताकै कारण आज आफ्नै भवन छोटो समयमा बन्न पुगेको बताउनुभयो । त्यस्तै उहाँले सबै पत्रकारहरु अटाउने साझा घर नेपाल पत्रकार महासंघ भएको भन्दै देशको विषम परिस्थितिमा बढो संयम र सजगताका साथ आफ्नो कलम चलाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।
अन्य जिल्लामा पत्रकार महासंघले आफ्नो जग समेत बसाल्न नसकिरहेका बेला कपिलवस्तु शाखाले देखाएको सत्रियताले जिल्लामा पत्रकारीताको जग बलियो बनेको पनि उहाँले बताउनुभयो ।
यसैबिच नवनिर्मित भवनको उद्धघाटन सँगै सोही भवनमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुले पहिलो पटक जिल्लाका क्रियाशिल पत्रकारहरुका लागि पत्रकार आचारसंहिता विषयक एक अन्र्तक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ । अन्र्तक्रियामा प्रेस काउन्सिल नेपालका प्रशासकिय प्रमूख झबिन्द्र भुसालले पत्रकारको आफ्रनै आचारसंहिता भएको भन्दै सोही अनुसार पत्रकारीतामा आगडि बढ्ना कपिलवस्तुका पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । उहाँले देशको वर्तमान परिस्थितलाई समाचार बनाउँदा धेरैखाले त्रुटि हुन सक्नै भन्दै निश्पक्ष र तथ्यपरक विषयवस्तुलाई मात्रै उठाउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष डिलाराम भुषालको अध्यक्षता सहित केन्द्रीय सदस्य वसन्त गिरी, वडा अध्यक्ष गुणनिधी भुसाल, प्रेस युनियनका जिल्ला सभापती गोपाल भन्डारी लगाएतको आतिथ्यता रहेको थियो ।
आज उद्धघाटन गरिएको शाखाको भवन कुल चालीस लाखको लागतमा निर्माण सम्पन्न भएको शाखाले जनाएको छ । भवनको तेस्रो तल्ला सम्म बनाउने योजना रहेको साखा अध्यक्ष डिलाराम भुसालले बताउनु भयो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया