

संसद भंग भएको छैन, संविधानले यसको कल्पनै गरेको छैन : दाहाल



काठमाडौँ, पुस ७
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संसद भंग नभएको बताएका छन् । नेपालको संविधानले संसद भंग हुने कल्पनै नगरेको उल्लेख गर्दै उनले संविधानत संसद् जीवित रहेको बताए । बबरमहलमा आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै दाहालले भने, ‘वैधानिक रुपमा संसद भंग भएकै छैन, संविधानले यसको कल्पनै गरेको छैन ।’
उनले भने, ‘पहिलो, दोस्रो, तेस्रो, चौथो प्रयास गर्दासम्म पनि सरकार दिन नसकेमा मात्रै विघटनको सिफारिस हुनसक्ने व्यवस्था छ। यहाँ त बकाइदा संसदमा अर्को सरकार बनाउने पूरैका पूरै सम्भावना छ । त्यतातिर नगइकन प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार कुनै कतै दिएको छैन संविधानले,’ दाहालले भने । उनले नेपालका मात्र नभइ विदेशका पनि विज्ञहरुले नेपालमा असंवैधानिकतरिकाले संसद विघटन भएको भनेको आफूले पढेसुनेको बताए ।
सानतिना स्वार्थमा लागेर जे भयो भयो छोडौं भन्नेलाई केही भन्न नसकिने भन्दै उनले जिम्मेवार मान्छेले यो कदमको विरोध गरेको बताए ।
‘मैले हिजो माननीय सांसदहरुलाई भनेको थिएँ- हामी जीवित छौं, मेरको ठान्नु भएन,’ उनले भने, ‘हामी बहुसंख्यक सांसदहरु अदालत र अदालती प्रक्रियामा पनि जान्छौं । हामी अदालतमा गएर भन्छौं- विघटन भएको सरकारो हो श्रीमान्, संसद होइन ।’ उनले कांग्रेस र जसपासँग छलफल पनि गरेको र अदालतमा रिट लिएर पार्टीका नेताहरु पुगेको पनि बताए ।
बैठकलाई सम्बोधन गर्दै दाहालले आफ्नो पक्षमा ६५ प्रतिशत सदस्य रहेको बताएका थिए । उनले ३१५ जना केन्द्रीय सदस्य बैठकमा उपस्थित भएको दावी पनि गरे ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया