

प्रचण्ड-नेपाल पक्षको बैठकमा ३ सय १० केन्द्रीय सदस्य आएको दाबी




काठमाडौं, पुस ७
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालले डाकेको केन्द्रीय कमिटी बैठकमा झन्डै ७० प्रतिशत सदस्य सहभागी भएको उक्त समूहले दाबी गरेको छ।
मंगलबार दिउँसो राजधानीको बबरमहलस्थित एक पार्टी प्यालेसमा भएको उक्त समूहको बैठकमा ३ सय १० जना सहभागी रहेको केन्द्रीय सदस्य हेमराज भण्डारीले जानकारी दिए।
नेकपामा यसअघि ४ सय ४७ जना केन्द्रीय सदस्य छन्।
यसअघि आजै अर्का अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक गरी ५ सय ५६ जना नयाँ केन्द्रीय सदस्य थपेर सपथ खुवाएका थिए।
प्रचण्ड-नेपाल पक्षले भने बालुवाटारमा भएको बैठकलाई गुट भेला भएको बताएका छन्।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया