

नेकपा नेता हरिबोल अध्यक्ष प्रचण्ड समूहमा



काठमाडौं , पुस ७

नेकपा नेता हरिबोल गजुरेल अध्यक्ष प्रचण्ड समूहतिरै फर्किएका छन् । पूर्वमाओवादी भएपनि उनी केही यता प्रचण्डसँग टाढिएको विश्लेषण हुँदै आएको थियो ।
तर, पार्टी गम्भीर मोडमा पुगेसँगै उनले आफ्नो कित्ता स्पष्ट पार्दै प्रचण्ड पक्षतिरै लागेका हुन् ।
सोमबार प्रचण्ड र केपी ओली पक्ष दुबैले बोलाएको बैठकमा सहभागी नभएका उनी मंगलबार भने प्रचण्ड पक्षले बोलाएको बैठकमा सहभागी हुने भएका छन् ।
रातोपाटीसँग कुराकानी गर्दै गजुरेलले ओलीको कदमको विरोध गर्दै संसद विघटन समस्याको समाधान नभएको बताए ।
‘ओलीको कदम समस्याको समाधान होइन । उहाँको कदमले पार्टीलाई फु्टतिर अग्रसर गरायो’, उनले भने, ‘ पार्टी एकता होस् भनेर म अन्तिमसम्म लागेको थिएँ । जुन वेसमा नेकपा छ म त्यही ठाउँमा छु ।’
उनले प्रचण्डले बोलाएको बैठकमा आफू सहभागी हुन लागेको पनि बताए ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया