

ओलीले संसद विघटन गर्न पाउनुहुन्न : नेपाल



काठमाडौं , पुस ५
पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक एवं लोकतन्त्रविरोधी बताएका छन् ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद भंग गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेता नेपालले भने, ‘संसद विघटन गर्न उहाँले पाउनुहुन्न । यो पूरै असंवैधासनिक कदम हो । उहाँ पार्टीभित्र पनि अल्पमतमा हुनुहुन्छ । संसदमा पनि उहाँ अल्पमतमा हुनुहुन्छ ।
पार्टीकै ९० जनाको हस्ताक्षरले प्रधानमन्त्री अल्पमतमा परेको स्पष्ट भएसकेको नेता नेपालले बताए । उनले भने, ‘सिंगो संसदभित्रका प्रतिपक्षी पार्टीहरु पनि उहाँको विपक्षमा छन् ।’
नेता नेपालले प्रधानमन्त्री ओलीको कमद राजनीतिक रुपमा पनि लोकतन्त्रविरोधी र निन्दनीय भएको बताए ।
‘राजनीतिकरुपमा पनि उहाँले अत्यन्तै लोकतन्त्रविरोधी कदम चाल्नुभएको ठहरिन्छ’ बरिष्ठ नेता नेपालले भने, ‘पार्टीभित्र पनि पार्टी निर्णय र पद्दतिको विरुद्धमा, कम्युनिस्ट पार्टीको मान्यताको विरुद्धमा उहाँ सर्वसत्तावादी ढंगले चल्नुभएको छ, उहाँको कदम अत्यन्तै निन्दनीय छ ।’
अनलाइन खबर बाट


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया