

दुई स्थानमा सफल परिक्षण, गुल्मीमा प्याराग्लाइडिङको सम्भावना




गुल्मी, पुस २
लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा मदाने र मालिका गाउँपालिकाका दुई स्थान प्याराग्लाइडिङ उडानको लागि उपयुक्त मानिएको छ। यी ठाउँमा हालै मात्र प्याराग्लाइडिङको सफल परिक्षण भएको छ। स्काई बर्ड प्याराग्लाइडिङ पोखराको टोलीले मालिका गाउँपालिका ४ को देउराली र मदाने गाउँपालिका २ को कसुरेडाँडामा प्याराग्लाइडिङको परिक्षण गरेको हो।
स्काई बर्ड प्याराग्लाइडिङ पोखराका पाइलट भुवन गाहाले आफुले परिक्षण गरेका मदाने र मालिकाका दुवै स्थान व्यावसायीक उडानका दृष्टिले महत्वपूर्ण भएको बताए। दुवै स्थान लामो र छोटो दुरीको प्याराग्लाइडिङका लागि राम्रो भएकाले अहिले छोटो दुरीबाटै उडान गर्न सुझाव दिए।
उनले पोखराको सराङकोट पनि १४ सय ५० मिटरको उचाईमा मात्रै भएकाले कसुरेडाँडा र देउराली संराङकोटभन्दा राम्रो भएको बताए। ‘अहिले लामो दुरीको लागि खर्च बढि पर्छ, तत्काल छोटो दुरीको प्याराग्लाइडिङ गरौ,’गाहाले भने‘पर्यटकको आकर्षण बढ्दै गएपछि लामो उडान नहुने कुरै भएन् ।’
प्याराग्लाइडिङ देख्दा स्थानीय दंग
गुल्मीको मालिका गाउँपालिका ४ अर्खाबाङको देउरालीबाट प्याराग्लाइडिङ गरेको देखेर स्थानीय खुसी भएका छन्। भिरबाट मान्छे नै आकाशमा उडेको स्थानीयले कहिल्यै देखेका थिएनन्।
आफ्नै आँखा अगाडी ठुलो भिरमा युवाहरुले रसीमा झुण्डिएर उडेर मज्जा लिएको देखेपछि आँफू छक्क परेको मालिका ४ की मिना अर्यालले बताइन्। ‘जीवनमा देखेकी थिइन आज अचम्मै परेँ,’उनले भनिन,‘बाँचेपछि अनेक देख्न पाइने रहेछ ।’
बिकट गाउँमा प्याराग्लाइडिङ होला भनेर स्थानीयले कल्पना पनि गरेका थिएनन् । अग्लो भिरबाट उडेर मनोरञ्जन गरिने शाहसीक खेल पछिल्लो पुस्ताको रोजाइँ बन्ने गरेको छ । यो खेलबाट पोखरा, स्याङजा र लमजुङ लगायतका स्थानमा राम्रो आम्दानी समेत भएका छन्।
स्थानीय तहबिच समन्वय आवश्यक : बिष्ट
गुल्मी पश्चिमका अग्ला पहाडहरु प्याराग्लाइडिङका लागि बाह्रै महिना उपयुक्त छन्। धेरै अग्ला भएकाले उडेर धेरै ठाउँमा पुग्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा प्याराग्लाइडिङ पर्न सक्छ।
पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले गुल्मी पश्चिमका स्थानीय तहलाई व्यावसायीक रुपमा प्याराग्लाइडिङ संचालनको योजना बनाउन आग्रह गरे। अब परिक्षणभन्दा पनि नियमित बनाउने बिषयमा स्थानीयतह बिच समन्वय आवश्यक रहेको बिष्टले बताए।
‘प्याराग्लाइडिङ आन्तरिक पर्यटन प्रर्वद्धनसंग आर्थिक समृद्धिको लागि कोशेढुङा बन्नेछ,’उनले भने,‘एकिकृत विकासमा बिलम्ब गर्नुहुँदैन। विष्टले प्याराग्लाइडिङ संचालनको लागि आवश्यक संरचना निर्माणको लागि संघिय सरकारको तर्फबाट सवै काम गर्ने प्रतिवद्धता जनाए।
स्थानीयमा आर्थिक समृद्धिको आशा
मदाने र मालिकाका अधिकांश गाउँ सालझण्डी–ढोरपाटन सडकखण्डमा पर्दछन्। यो सडकले तराईदेखि हिमाल जोड्छ। मदाने गाउँपालिका २ को कसुरे र मालिका गाउँपालिका ४ को देउराली छोटो दुरीमा पर्ने भएकाले दुई मध्ये एक स्थानमा व्यावसायीक प्याराग्लाइडिङको संभावना भएको गुल्मीमा लामो समय काम गर्दै आएका लमजुङका शरद श्रेष्टले बताए।
यी स्थान सालझण्डी–ढोरपाटन सडकखण्डको नजिक र गुल्मीसहित अर्घाखाँची, बाग्लुङ र प्युठानका महत्वपूर्ण ठाउँमा प्याराग्लाइडिङ गर्न सकिने भएकाले व्यावसायी संचालनमा कुनै समस्या नहुने श्रेष्ठको । ‘पोखराको सराङकोट जस्ता गुल्मीमा धेरै ठाउँ छन्, सोच र योजनाको मात्रै अभाव हो,’ उनले भने, ‘अब परिक्षणभन्दा व्यावसाय नै संचालन गर्नुपर्छ ।’
अहिलेसम्म मालिका गाउँपालिका र मदाने गाउँपालिकाले प्याराग्लाइडिङको परिक्षण गरेका छन्। मालिका गाउँपालिका प्रमुख रितबहादुर थापाले पहिले संभाव्यता अध्ययन नगरि व्यावसायीक सफलता पुरा नहुने भएकाले आफुहरुले परिक्षण गरेको बताए।
उनले अब भौतिक संरचना निर्माण र अरु स्थानीय तहसंगको समन्वयमा व्यावसायीक रुपमा प्याराग्लाइडिङ संचालन गर्ने योजना बनाउने जानकारी दिए।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया