

अब अकालमै मर्नु पर्दैन : परराष्ट्र मन्त्री ज्ञवाली



मंसिर १५ गुल्मी ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा अब उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य भएको बताएका छन्।
गुल्मीको कालीगण्डकी गाउँपालिकामा १५ शय्याको अस्पताल शिलान्यास गर्दै मन्त्री ज्ञवालीले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अब अन्त्य भएको बताएका हुन्।
नागरिकहरुको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको भन्दै देशका ३९६ वटा अस्पतालहरूको एकै साथ शिलान्यास गर्नुले पनि जनताको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको प्रमाणित गरेको उनले दाबी छ।
वर्तमान सरकारले जनमुखी कामहरु गर्दै आएको उनले दाबी गर्दै दुर्गम स्थानका नागरिकले उपचार नपाएर अकालमै ज्यान गयो भन्ने समाचारहरु सुन्न नपर्ने गरी सरकारले काम गरिरहेको बताए।
देशका ३९६ वटा अस्पतालहरूका लागि झण्डै ५७ अर्ब बजेट सरकारले ब्यबस्थापन गरेको उनले बताए।
यस्तै पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको बिबाद छलफल र बैठकका माध्यमबाट समाधान हुने भन्दै नआत्तिन स्थानीय नेता कार्यालयहरुलाई आग्रह गरे।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया