

कपिलवस्तु काे रामघाट मा प्रशासनले राेक लगाए पनि भीड कम भएन



धनी राम काेरी कपिलवस्तु ,
१५ मंसिर पुर्णिामा का दिन रामघाट , लक्ष्माणघाट , बर्गदी घाट लगायत अन्य धार्मिक स्थानहरु मा लाग्ने मेलालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले कुनै पनि किसिमका मेला र भिडभाड नगर्न / नगराउन रोक लगाएको छ । तर रामघाट मा बिहानै देखि भक्तजनहरु काे भिडभाड रहेको छ ।
विश्वव्यापी महामारी का रुपमा फैलिएको काेराेना भाइरस काे संक्रमण काे जाेखिम यस कपिलवस्तु जिल्ला मा समेत कायमै रहेको सन्दर्भमा अावागवन तथा भिडभाडजन्य गतिविधिहरुले संक्रमणकाे जाेखिम बढ्न सक्ने भएकाेले मंसिर १५ गते पुर्णिामा (कार्तिक स्नान मासिक ) का दिन भिडभाड र मेला नगर्न प्रशासनले सुचना जारी गरेको छ तर रामघाट मा मान्छेहरु काे संख्या बढी रहेको छ । सुचना अवाज्ञा गर्नेलाई संक्रमण ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाईने प्रशासनले जनाएको छ ।



खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया