

रेसुङ्गा नगरपालिकामा दुई दिन बैंकहरु बन्द



मंसिर ९,गुल्मी ।
कोभिड १९ संक्रमणको स्वाब परीक्षणका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीले भोलि मंसिर १० गते देखि १२ गते दुई दिनसम्म सदरमुकाम तम्घाससहित रेसुङ्गा नगरपालिका बैंक तथा वित्तिय संस्थाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
मंगलवार प्रशासनबाट जारी गरिएको जरुरी सूचना पत्रमा रेसुङ्गा नगरपालिका भित्र बढी भीडभाड हुने क्षेत्रका व्यक्तिहरुको रन्डोम सिम्पलिङ्ग गरि पिसिआर परीक्षण गर्ने भनि मंसिर ४ गते जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले ९डिसिसिएमसी ० गुल्मीले गरेको निर्णय बमोजिम बैंक तथा वित्तिय संस्थाका ब्यक्तिहरुको स्वाब लिने कार्य भइरहेको उल्लेख छ ।
त्यस कार्यका लागि भोलिदेखि रेसुङ्गा नगरपालिका भित्रका बैंक तथा वित्तिय संस्थाहरु पूर्णरुपममा बन्द गरिनु परेको जानकारी गराइएको छ । त्यस्तै परीक्षण गरिएको रिपोर्ट पोजेटिभ आएको ब्यक्तीहरु आ–आफ्नो होम क्वारेन्टाईनमा सुरक्षित भएर बस्न अनुरोध गरिएको छ ।
यदि स्वाब दिएका ब्यक्ति र रिर्पोट पोजेटिभ आएको ब्यक्तिहरु जथाभावी हिँड्डुल गरेमा संक्रमण रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कार्बाही गरिने प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माद्धारा हस्ताक्षरित सूचनापत्रमा चेतावानी समेत दिइएको छ ।


खबर सबै
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा






प्रतिक्रिया