

लुम्बिनी प्रदेशमा विप्लव र उनका कार्यकर्ता खोज्न सेना, सशस्त्र र प्रहरीको संयुक्त टोली




मंसिर ९, ई–साझाकुरा
लुम्बिनी प्रदेश प्रहरी यतिबेला सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्याकर्ता खोज्न सक्रिय छ। त्यसका लागि प्रदेशका पहाडी जिल्ला रोल्पा, रुकुम, दाङ, कपिलवस्तु, अर्घाखाँची लगाएका जिल्लामा संयुक्त सुरक्षा फौज परिचालन भएको छ।
विप्लवको जन्मथलो रोल्पामा सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। झन्डै एक दर्जनजति सवारीसाधनले लिवाङ क्षेत्रमा संयुक्त गस्ती गरेर फर्किएको स्थानीयले बताए। ‘नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको संयुक्त सुरक्षाकर्मीको टोली सर्च गर्न आउँछन्,’ एक स्थानीयले भने।
उनले सुरक्षाकर्मीले विप्लव र विप्लवका कार्यकर्ता खोज्न आएको भन्दै टोलीले सर्वसाधारणलाई सोधपुछ गरिरहेको बताए। त्यस्तै, हाल उनको घर रहेको कपिलवस्तु जिल्लामा पनि संयुक्त सुरक्षाकर्मी परिचानल गरिएको छ।
ती ठाउँमा दाङबाट समेत सुरक्षाकर्मी परिचालन गरिएको एक प्रहरी अधिकारीले बताए। ‘दाङ र आसपासका जिल्लाहरूबाट मिलाएर संयुक्त सुरक्षाकर्मी परिचालन गरिएको छ,’ ती प्रहरी अधिकारीले भने, ‘अहिले विप्लवको आवातजावत यतैतिर बढेको भन्ने सूचना प्रहरीलाई छ।’
विप्लवले सात वर्ष पहिले दाङको तुलसीपुरमै भेला आयोजना गरी नयाँ पार्टीको निर्माणको घोषणा गरेका थिए। वर्षगाँठ मनाइरहेका बेला विप्लव समूहको क्रियाकलाप निस्तेज पार्न संयुक्त गस्ती गर्नु परेको अर्का एक प्रहरी अधिकारीले बताए।
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी रविन्द्र धानुकले पनि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा संयुक्त गस्ती भइरहेको पुष्टि गरे। ‘त्यो संयुक्त गस्ती टोली सुरक्षाको लागि परिचालन भएको हो,’ डिआइजी धानुकले भने, ‘रोल्पा, कपिलवस्तु, पूर्वी रुकुम, अर्घाखाँचीमा मात्रै हैन त्यो टोली प्रदेशभर परिचालन भएको छ।’
उनले यसलाई नियमित प्रक्रिया भएको बताए। तर, पछिल्लो समय निर्वाचनको समयबाहेक यसरी संयुक्त सुरक्षा फौज परिचालन भएको थिएन। संयुक्त सुरक्षाकर्मी परिचालन हुनुलाई विप्लवनिकटका व्यक्तिहरूले भने सरकारले हिंसाको बाटो अंगाल्न खोजेको टिप्पणी गरे।
आफूहरू शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि गर्दा पनि राज्यले जबरजस्ती रुपमा घर तलासी गर्नु, धरपटक गर्नु तथा हिरासतमा महिनौंसम्म राख्नेजस्ता गैरन्यायिक कार्य गर्दै आएको आरोप उनीहरूले लगाए।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया