

लुम्बिनी प्रदेशमा विप्लव र उनका कार्यकर्ता खोज्न सेना, सशस्त्र र प्रहरीको संयुक्त टोली



मंसिर ९, ई–साझाकुरा
लुम्बिनी प्रदेश प्रहरी यतिबेला सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्याकर्ता खोज्न सक्रिय छ। त्यसका लागि प्रदेशका पहाडी जिल्ला रोल्पा, रुकुम, दाङ, कपिलवस्तु, अर्घाखाँची लगाएका जिल्लामा संयुक्त सुरक्षा फौज परिचालन भएको छ।
विप्लवको जन्मथलो रोल्पामा सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। झन्डै एक दर्जनजति सवारीसाधनले लिवाङ क्षेत्रमा संयुक्त गस्ती गरेर फर्किएको स्थानीयले बताए। ‘नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको संयुक्त सुरक्षाकर्मीको टोली सर्च गर्न आउँछन्,’ एक स्थानीयले भने।
उनले सुरक्षाकर्मीले विप्लव र विप्लवका कार्यकर्ता खोज्न आएको भन्दै टोलीले सर्वसाधारणलाई सोधपुछ गरिरहेको बताए। त्यस्तै, हाल उनको घर रहेको कपिलवस्तु जिल्लामा पनि संयुक्त सुरक्षाकर्मी परिचानल गरिएको छ।
ती ठाउँमा दाङबाट समेत सुरक्षाकर्मी परिचालन गरिएको एक प्रहरी अधिकारीले बताए। ‘दाङ र आसपासका जिल्लाहरूबाट मिलाएर संयुक्त सुरक्षाकर्मी परिचालन गरिएको छ,’ ती प्रहरी अधिकारीले भने, ‘अहिले विप्लवको आवातजावत यतैतिर बढेको भन्ने सूचना प्रहरीलाई छ।’
विप्लवले सात वर्ष पहिले दाङको तुलसीपुरमै भेला आयोजना गरी नयाँ पार्टीको निर्माणको घोषणा गरेका थिए। वर्षगाँठ मनाइरहेका बेला विप्लव समूहको क्रियाकलाप निस्तेज पार्न संयुक्त गस्ती गर्नु परेको अर्का एक प्रहरी अधिकारीले बताए।
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी रविन्द्र धानुकले पनि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा संयुक्त गस्ती भइरहेको पुष्टि गरे। ‘त्यो संयुक्त गस्ती टोली सुरक्षाको लागि परिचालन भएको हो,’ डिआइजी धानुकले भने, ‘रोल्पा, कपिलवस्तु, पूर्वी रुकुम, अर्घाखाँचीमा मात्रै हैन त्यो टोली प्रदेशभर परिचालन भएको छ।’
उनले यसलाई नियमित प्रक्रिया भएको बताए। तर, पछिल्लो समय निर्वाचनको समयबाहेक यसरी संयुक्त सुरक्षा फौज परिचालन भएको थिएन। संयुक्त सुरक्षाकर्मी परिचालन हुनुलाई विप्लवनिकटका व्यक्तिहरूले भने सरकारले हिंसाको बाटो अंगाल्न खोजेको टिप्पणी गरे।
आफूहरू शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि गर्दा पनि राज्यले जबरजस्ती रुपमा घर तलासी गर्नु, धरपटक गर्नु तथा हिरासतमा महिनौंसम्म राख्नेजस्ता गैरन्यायिक कार्य गर्दै आएको आरोप उनीहरूले लगाए।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया