

लुम्बिनी प्रदेशका १४ सहकारीले पाए ‘प्रोबेसन ब्राण्ड’



मंसिर ६ बुटवल ।
लुम्बिनी प्रदेशका १४ सहित ६ वटा प्रदेशका ४० वटा सहकारीले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम ९प्रोबेशन० ब्राण्ड प्राप्त गरेका छन् ।
लुम्बिनी प्रदेश र बागमती प्रदेशबाट सबैभन्दा धेरै १४–१४ वटा सहकारीले यो ब्राण्ड पाएका हुन् । यस्तै गण्डकी प्रदेशका ५, कर्णालीका ३, प्रदेश १ का ३ र प्रदेश २ का एउटा सहकारीले यो ब्राण्ड पाउन सफल भएका छन् । सुदूर पश्चिम प्रदेशबाट कुनै पनि सहकारीले यो ब्राण्ड पाउन सकेनन् ।
नेपालस्तरको यो ब्राण्ड देशभरका १४ हजार बढी वचत तथा ऋण सहकारी संस्थाहरुमध्ये उत्कृष्ट सहकारीहरुलाई सहकारी विभाग र राष्ट्रिय सहकारी संघले हरेक वर्ष दिँदै आएको छ ।
यो ब्राण्डका लागि विभिन्न ५० वटा सूचक राखिएका छन् । तीमध्ये सबैभन्दा महत्वपूर्ण दुई सूचकहरु ऋण ५ प्रतिशतभन्दा बढी भाका नाघेमा र संस्थागत कोष ५ प्रतिशतभन्दा कम भएमा त्यस्ता सहकारी यो ब्रान्ड पाउँदैनन् ।
सहकारीहरुको दिगो विकास, व्यावसायीकरण र गुणस्तर सुनिश्चितताका लागि यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । लुम्बिनी प्रदेशबाट प्रोबेसन ब्राण्ड पाउने सहकारीहरुमा रुपन्देहीबाट देवदहको कोलिय, तिलोत्तमाको जनउत्थान र सामूहिक विकास तथा बुटवलको नमूना महिला विकास रहेका छन् ।
यस्तै प्युठानको फूलबारी, नवलपरासी पश्चिबाट लुम्बिनी, सयपत्री र हाम्रो सुपर सहकारी रहेका छन् ।
गुल्मीको लेकाली, दाङको महाप्रभु, बर्दियाको सिको र हाम्रो मध्यवर्ती राधाकृष्ण तथा कपिलवस्तुको सिनर्जी सहकारीले प्रोबेसन ब्राण्ड प्राप्त गरेका छन् ।
बागमती प्रदेशबाट काठमाठौंका ऐचोपैंचो र ज्ञानज्योति महिला उत्थान, दोलखाका एकीकृत फ्रेण्डसिप, जनमुखी, शिक्षक कल्याण, मकवानपुरका महिला अभियान, महिला जनचेतना, महिला मिलन, सक्रिय महिला, धादिङको श्रोत परिचालन, चितवनको लोक कल्याणकारी, भक्तपुरको सामूहिक र रामेछापको नवजागरण सहकारीले प्रोबेसन ब्राण्ड प्राप्त गरेका छन् ।
गण्डकी प्रदेशमा कास्कीको जनसेवा, नवलपरासी पूर्वका नवप्रगति पृथ्वी र परोपकार तथा गोरखाको सप्तकोशी र भिमकुलले यो ब्राण्ड पाएका छन् ।
प्रदेश १ को मोरङका लेटाङ, गछिया र सुन्दरपुर, कर्णाली प्रदेशको सुर्खेतका गंगामाला स्वावलम्बन, ग्रामीण र शिखर तथा प्रदेश २ को रौतहटको नव विकास वचत तथा ऋण सहकारीले प्रोबेसन ब्राण्ड पाएका छन् ।
गत वर्ष ३४ सहकारीले यो ब्राण्ड पाएकामा यो वर्ष ६ वटा थप भएका हुन् । यसअघिसम्म सहकारी विभाग र नेफ्स्कूनले संयुक्त रुपमा ब्राण्ड प्रदान गर्दै आएकोमा यस वर्ष राष्ट्रिय सहकारी संघले संघको २९ औं वार्षिक साधारणसभाका अवसरमा ब्राण्ड वितरण गरेको हो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया