

कपिलवस्तुका सात पुरातात्त्विक स्थलको गुरूयोजना बन्दै



मंसिर ५, ई–साझाकुरा

गौतम बुद्धको गृहनगरी कपिलवस्तुको तिलौराकोट सहित सात पुरातात्त्विक स्थलको गुरूयोजना निर्माण हुने भएको छ ।
लुम्बिनी प्रदेशको महत्त्वपूर्ण पर्यटकीय सम्पदाका रूपमा लिइदै आएको राजा शुद्धोधनको दरबार तिलौराकोट, हजारौँ शाक्यको सामूहिक वधस्थल सग्रहवा, बुद्धले पहिलो पटक भिक्षुलाई सम्बोधन गरेको कुदान, कनकमुनि बुद्धको जन्मथलो निगालीकोट, क्रकुच्छन्द बुद्धको जन्मथलो गोटिहवा, बौद्धकालीन स्तूप भेटिएको अरौराकोट सहितका सात मुख्य बौद्ध स्थललाई समेटेर दीर्घकालीन गुरूयोजना निर्माण गर्न लागिएको हो ।
‘बृहत्तर लुम्बिनी क्षेत्र बौद्ध परिपथको योजना र लुम्बिनी, कपिलवस्तु र रामग्राम भित्रका सबै बौद्ध सम्पदालाई एउटै खाकामा राख्ने योजना रहेको छ । योजना अनुसार तिलौराकोटलाई केन्द्रमा राखी गुरूयोजना निर्माण गरिनेछ ।
नयाँ अध्ययन अनुसार तिलौराकोट क्षेत्रमा नेपालको सबै भन्दा पुरानो सभ्यता फेला परेको लुम्बिनी विकास कोषले जनाएको छ । करिब ६ महिनाभित्र गुरुयोजनाको खाका निमार्ण गरिने छ । गुरूयोजनाकालागि जग्गा अधिग्रहण सहित मुख्य संरचना निर्माणका लागि १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया