

कपिलवस्तुमा युवतीको शव फेला, बलत्कार पछि हत्या गरेको परिवारको आरोप, प्रहरी भन्छ– अनुसन्धान हुँदैछ


मंसिर ४ कपिलवस्तु ।
कपिलवस्तुको मायादेबी गाउँपालिका– २ अभिरावको मनखोरिया गाउँमा एक युवतीको सामुहिक बलत्कार पछि हत्या गरिएको आरोप लगाइएको छ । गत कार्तिक २९ गते राति १७ बर्षिया सबनाम खातुनको सामुहिक बलत्कार पछि पासो लगाई हत्या गरिएको मृतकको परिवारको आरोप छ ।
स्थानीय पिन्टु भन्ने सर्वजित धोबी, २५ बर्षिय रामकुमार धोबी, राजमति पासी, शिवलाल धोबीले आफनो छोरीको बलत्कार पछि हत्या गरेको मृतकका बुवा अब्दुल गफ्फारले आरोप लगाउनु भएको हो । गत २९ गते राति घरबाट एकाएक गायब भए पछि बिहान ४ बजे तिर आफनो छोरीको शव रुखमा पासो लगाएर झुन्डीएको अवस्थामा भेटिएको उहाँले बताउनु भयो ।
यधपी पिन्टुलको परिवारले भने युवतीले आफैले आत्महत्या गरेको दाबी गरेका छन । प्रेम सम्बन्धलाई परिवारले अस्विकार गरे पछि आबेगमा आएर सबनमले आत्महत्या गरेको र आफुहरुलाई फसाउन खोजिएको उनीहरुको भनाई छ । यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले घटनाको अनुसंधान भईरहेकोले हत्या वा आत्महत्या अहिले नै भन्न नसकिने बताउनु भयो । उहाँले मृतकको कपिलवस्तु अस्पतालबाट पोस्टमर्टको रिपार्ट आए पछि धेरै कुरा खुल्ने बताउनु भयो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया