

कपिलवस्तुमा युवतीको शव फेला, बलत्कार पछि हत्या गरेको परिवारको आरोप, प्रहरी भन्छ– अनुसन्धान हुँदैछ



मंसिर ४ कपिलवस्तु ।
कपिलवस्तुको मायादेबी गाउँपालिका– २ अभिरावको मनखोरिया गाउँमा एक युवतीको सामुहिक बलत्कार पछि हत्या गरिएको आरोप लगाइएको छ । गत कार्तिक २९ गते राति १७ बर्षिया सबनाम खातुनको सामुहिक बलत्कार पछि पासो लगाई हत्या गरिएको मृतकको परिवारको आरोप छ ।
स्थानीय पिन्टु भन्ने सर्वजित धोबी, २५ बर्षिय रामकुमार धोबी, राजमति पासी, शिवलाल धोबीले आफनो छोरीको बलत्कार पछि हत्या गरेको मृतकका बुवा अब्दुल गफ्फारले आरोप लगाउनु भएको हो । गत २९ गते राति घरबाट एकाएक गायब भए पछि बिहान ४ बजे तिर आफनो छोरीको शव रुखमा पासो लगाएर झुन्डीएको अवस्थामा भेटिएको उहाँले बताउनु भयो ।
यधपी पिन्टुलको परिवारले भने युवतीले आफैले आत्महत्या गरेको दाबी गरेका छन । प्रेम सम्बन्धलाई परिवारले अस्विकार गरे पछि आबेगमा आएर सबनमले आत्महत्या गरेको र आफुहरुलाई फसाउन खोजिएको उनीहरुको भनाई छ । यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले घटनाको अनुसंधान भईरहेकोले हत्या वा आत्महत्या अहिले नै भन्न नसकिने बताउनु भयो । उहाँले मृतकको कपिलवस्तु अस्पतालबाट पोस्टमर्टको रिपार्ट आए पछि धेरै कुरा खुल्ने बताउनु भयो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया