

खुलामञ्चबाट थापाथली सारियो निःशुल्क खाना खुवाउने ठाउँ



मंसिर ३, ई–साझाकुरा
काठमाडौं महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि खुलामञ्चमा सञ्चालन हुँदै आएको निःशुल्क खाना खुवाउने अभियानलाई थापाथलीस्थित प्रसूति गृहपछाडि सारिएको छ ।
खुलामञ्चमा खाना खुवाउँदा धुवाँधुलो हुने र यसबाट कोभिड १९ संक्रमणको जोखिम मात्र नभएर अन्य रोगको समेत सम्भावना भएको भन्दै महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो । तर मानिसहरु खानका लागि लामबद्ध भएपछि हाम्रो टिम नेपालले मंगलबार खाना खुवाएको थियो । त्यसपछि भने महानगरपालिकाले वैकल्पिक ठाउँ दिएको छ ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडिपट्टि रहेको खुला ठाउँ उपलब्ध गराएपछि आजदेखि सोही ठाउँमा निःशुल्क खाना खुवाउन लागिएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए ।
नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँलगायत पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता भएको पनि अध्यक्ष पन्तले बताए । उनले काम नपाएर भोकै बस्नुपर्ने स्थिति आए प्रत्येक दिन बिहान ९ बजे थापाथलीस्थित व्यवस्था गरिएको ठाउँमा खाना खान आउनसमेत आग्रह गरे ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायात सुरु भएको अवस्थामा सार्वजनिक स्थलहरुमा भिड हुनेगरी खाना खुवाउँदा स्वास्थ्य मापदण्ड कार्यान्वयनमा जटिलता पैदा भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गरिएको बताएको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले असाहय अशक्तलाई भोजन गराउने संघ-संस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा नयाँ ठाउँको व्यवस्था गरिएको बताए ।
स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानवअधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी वैकल्पिक स्थानमा भोजन गराउने नीतिअनुसार नयाँ ठाउँको व्यवस्था गरिएको उनले बताए । निःशुल्क भोजन गराउने स्थानमा शौचालय, पानीसहितको संरचना निर्माण महानगरपालिकाले गरिदिने पनि सापकोटाले बताए ।
यसबाहेक काठमाडौं महानगरपालिकाले काम गर्न सक्नेका लागि सातामा दुई दिन कामदिने व्यवस्था गरेको पनि नगर प्रहरी प्रमुख सापकोटाले बताए । त्यसका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न उनको आग्रह छ । काम गर्न सक्नेका लागि काम दिने र नसक्नेलाई निःशुल्क खाना खान खुवाउने नीति महानगरपालिकाले लिएको पनि सापकोटाले स्पष्ट पारे ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया