

त्रिभुवन विमानस्थलमा खटिने प्रहरीका लागि बन्यो ७ करोडमा आवासगृह


मंसिर ३, ई–साझाकुरा
विमानस्थल परिसरमै बनेको प्रहरी भवनको उद्घाटन मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेका हुन्।
‘विमानस्थलमा खटिने प्रहरी पहिले अलि दयनीय अवस्थामा बस्ने गरेका थिए,’विमानस्थलका प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने, ‘पहिले पनि यही परिसरमै बस्थ्यौं तर विमानस्थलमा बस्ने प्रहरीको जस्तो अवस्था थिएन।’ उक्त भवन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेका हुन्।

मन्त्री भट्टराईले उद्घाटन गर्दै विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट नै गठन गर्नुपर्ने बताए। उनले अन्तर्राष्ट्रिय अपराधिक क्रियाकलापसँग र त्यस्ता संगठनहरूसँग नजिक भएका व्यक्तिहरू विमानस्थलबाट आवतजावत गर्ने सम्भावना भएकाले त्यसको नियन्त्रण गर्न छुट्टै विशिष्टिकृत तालिम प्राप्त सुरक्षा युनिटको आवश्यकता पर्ने बताए।
आफूले सम्बन्धित मन्त्रालयमा ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको छुट्टै सुरक्षा युनिट गठन गर्न छलफल अगाडि बढाएको बताए।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया