

नेपाल र बंगलादेशबीचको पहिलो हाफ बराबरी

मंसिर २ काठमाडौं ।
नेपाल र बंगलादेशबीचको जारी मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरिमा सकिएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोली गोलरहित बराबरी खेलेका हुन् ।
मैत्रीपूर्ण सिरिजको पहिलो खेल गुमाएको नेपाल दोस्रो खेलमा स्ट्राइकर भरत खवासको कप्तानीमा मैदानमा उत्रिएको छ । तर खवास खेलको १८औं मिनेटमा मैदान बाहिरिए । उनको स्थानमा अर्का स्ट्राइकर नवयुग श्रेष्ठ मैदान प्रवेश गरेका छन् ।
खेलको २३औं मिनेटमा घरेलु टोली बंगलादेश अग्रता लिनबाट चुकेको थियो । पेनाल्टी क्षेत्र नजिकैबाट बंगलादेशका स्ट्राइकर सुमोन रेजाले गरेको सशक्त प्रहार क्रसरबार नजिकैबाट बाहिरिएको थियो ।
त्यस्तै २८औं मिनेटमा बंगलादेशको सशक्त प्रहार डिफेन्डर अनन्त तामाङले क्लियर गरिदिएका थिए । ३१औं मिनेटमा बंगलादेशले पुनः खेलमा अग्रता लिने अवसर गुमायो । बंगलादेशका स्ट्राइकर मोहम्मद नाबिदको पासमा अर्का स्ट्राइकर रेजाले पोस्ट नजिकैबाट गरेको प्रहार नेपाली गोलरक्षक किरण चेम्जोङले बचाउँदा बंगलादेश अग्रता लिनबाट चुक्यो ।
त्यस्तै ३३औं मिनेटमा नेपालले अवसर गुमायो । ३३औं मिनेटमा पाएको कर्नर प्रहारमा डिफेन्डर अनन्त तामाङको हेडिङ प्रहार बाहिरिएपछि नेपालले खेलमा अग्रता लिनबाट चुकेको थियो । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपाल २(० ले पराजित भएको थियो ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया