

जुवा अखडामा प्रहरीको छापा, मिटरब्याजी नाइकेसहित ७ पक्राउ



मंसिर २, ई–साझाकुरा
महानगरीय प्रहरी वृत्त कालिमाटीले कुलेश्वरबाट नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । अवैध जुवा खेल्ने खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा कामपा–१४ कुलेश्वरबाट जुवा खेलिरहेका अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

डस्तै डीएसपी बोहोराका अनुसार सात लाख ९४ हजार ८७० रुपैयाँ बराबरको विभिन्न बैंकको चेक ११ थान र तास १ बुक समेत बरामद गरिएको छ ।
पक्राउ पर्नेहरुमा १४ कुलेश्वर बस्ने बर्ष ४४ को शिव श्रेष्ठ, काभ्रे चौरी देउराली गाउँपालिका–६ घर भई कुलेश्वर बस्ने बर्ष ४४ को यादव चौलागाई, धादिङ्ग थाक्रे गाउँपालिका–८ घर भई कलंकी बस्ने बर्ष ४१ को राजु पौडेल, चितवन भरतपुर–१३ घर भई कुलेश्वर बस्ने बर्ष ३१ को राजीव श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही ठाउँका ४४ वर्षीय केशव प्रसाद मुडवरी, फबारा जितपुर घर भई कलंकी बस्ने बर्ष ४१ को श्याम तामाङ्ग, कैलाली बर्दगोरिया गाउँपालिका–३ घर भई कालीमाटी बस्ने बर्ष २८ को प्रेम बडुवाल रहेका छन् ।
श्रेष्ठ आफैले जुवा खेलाउने र मिटरब्याजमा रकम लगानी गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ। उनीले चेक लिएर जुवामा लगानी गरिरहेका प्रहरीको भनाइ छ । पक्राउ परेका ७ जनाविरुद्ध जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया