

जुवा अखडामा प्रहरीको छापा, मिटरब्याजी नाइकेसहित ७ पक्राउ


मंसिर २, ई–साझाकुरा
महानगरीय प्रहरी वृत्त कालिमाटीले कुलेश्वरबाट नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । अवैध जुवा खेल्ने खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा कामपा–१४ कुलेश्वरबाट जुवा खेलिरहेका अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

डस्तै डीएसपी बोहोराका अनुसार सात लाख ९४ हजार ८७० रुपैयाँ बराबरको विभिन्न बैंकको चेक ११ थान र तास १ बुक समेत बरामद गरिएको छ ।
पक्राउ पर्नेहरुमा १४ कुलेश्वर बस्ने बर्ष ४४ को शिव श्रेष्ठ, काभ्रे चौरी देउराली गाउँपालिका–६ घर भई कुलेश्वर बस्ने बर्ष ४४ को यादव चौलागाई, धादिङ्ग थाक्रे गाउँपालिका–८ घर भई कलंकी बस्ने बर्ष ४१ को राजु पौडेल, चितवन भरतपुर–१३ घर भई कुलेश्वर बस्ने बर्ष ३१ को राजीव श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही ठाउँका ४४ वर्षीय केशव प्रसाद मुडवरी, फबारा जितपुर घर भई कलंकी बस्ने बर्ष ४१ को श्याम तामाङ्ग, कैलाली बर्दगोरिया गाउँपालिका–३ घर भई कालीमाटी बस्ने बर्ष २८ को प्रेम बडुवाल रहेका छन् ।
श्रेष्ठ आफैले जुवा खेलाउने र मिटरब्याजमा रकम लगानी गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ। उनीले चेक लिएर जुवामा लगानी गरिरहेका प्रहरीको भनाइ छ । पक्राउ परेका ७ जनाविरुद्ध जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया