

यमपञ्चकको अन्तिम दिन आज भाइटिका लगाउँदै तिहार पर्व मनाईयो , कोरोनाका कारण देउँसी र भैलोको रौनक भने देशभर शुन्य ।।


ई–साझाकुरा, मंसिर १
तिहारको सबैभन्दा महत्पूर्ण दिनको रुपमा रहेको भाईटिका आज दिदिबहिनीहरुले आफ्ना दाजुभाईलाई रंगिबिरंगी टिका र माला लगाई मनाइएको छ ।
दिदीबहिनीहरुले दाजुभाईहरुलाई सप्तरङ्गी टिका लगाईदिने भएकाले आजको दिनलाई यमपञ्चकको पाँचौ दिनको रुपमा मनाउने गरिन्छ । विशेषगरी दिदीबहिनीले दाजुभाईको दिर्घायूको कामना गर्दै आज कपिलवस्तु सहित देशविदेशमा रहेका नेपालीहरुले दिपावली मनाएका छन् ।
भाईटिकाले दाजुभाई र दिदीबहिनी बिचको प्रेममय सम्बन्धलाई रंगहरु जस्तै सँधै गाढा,ताजा र प्रज्वल बनाईराख्ने विश्वास गरिन्छ । यस वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण तिहारको मुख्य दिन पनि गत वर्ष भन्दा समान्य बन्न पुगेको छ । तिहारका बेला हुने मुख्य रौनकको रुपमा रहेको देउँसी तथा भैलोका कार्यक्रम यस वर्ष कतैपनि हुन सकेनन् । नेपाली लोक संस्कृति र संस्कारको रक्षा र झल्को दिने देउँसी भैलो खेल्ने चलन रहे पनि यस वर्ष कोरोनाका कारण देउँसीका कार्यक्रम कतैपनि हुन नसेका हुन ।
दैला भित्र आएको तिहारमा पनि रौनक भने बिलकुल हराएजस्तो आभास यसपटक भएको छ । वालवालिका देखि किशोरकिशोरीहरु हुँदै बुढापाका उमेरका मानिसहरु भेला भएर खेलिने देउँसीका कार्यक्रमको रौनक फरक हुने भए पनि यस वर्ष कुनैपनि उमेर समुहका मानिसहरु जम्मा हुन सकेनन् ।

रौनक बेग्लै, उमङ्ग छुट्टै, चन्द्र देखा नपर्ने रात्रीको अन्धकारलाई पालाका झिलिमिली बत्तीले सर्लक्कै निलेका, जताततै पानसमा तेलको सहायताले झल्झलाएका तेज प्रकाशमान दियो।, बाबियोले बाटिएको तोरनमा फूल सिहुरिएको रङ्गमय वातावरणमा देउसीका भाकाले अधेँरी रातमा पनि सबैलाई उज्यालो प्रकाश र उर्जाँ प्रदान गर्दछ । तर यस वर्ष देउँसीका भाका र नाचगान सामाजिक संजाल, संचारमाध्यम र ईन्टरनेटमा मात्र सिमित बनेको छ ।
साथीसंगीसंग रमाइलो गर्न र आपसी स्नेहको बिनिमय गर्न पारिवारिक जम्घटमा खेलिने देउँसी यस वर्ष नभए पनि पारिवारीक सदभावका साथ यस वर्षको तिहार देश भर हर्षका साथ मनाइएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया