१ हजार ४७७ जना कोरोनाका सङ्क्रमित थपिए

कात्तिक ३०, काठमाण्डौ
नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख नौ हजार सात सय ७६ पुगेको छ । आइतबार थप एक हजार चार सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार सात सय ९८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ७३ हजार चार सय ३० पुगेको छ ।
अब नेपालमा ३५ हजार एक सय २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार २१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय २१ पुगेको छ ।

प्रतिक्रिया

खबर सबै