

(नेकपा) कपिलवस्तुद्धारा दीपावलीको शुभकामना, विकृतीलाई हटाउनुपर्नेमा जोड


कात्तिक ३० कपिलवस्तु ।
नेकपा कपिलबस्तुका जिल्ला अध्यक्ष झबिलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (बिष्णु) द्धारा संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै नेपालीहरुको महत्वपूर्ण पर्व शुभ दीपावली २०७७ सालको पावन अवसरमा शुभकामना सन्देश जारी गरिएको छ ।
जारी विज्ञप्तीमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा सु स्वास्थ्य, दीर्घायु एवम् समृद्धिको कामना गरिएको छ । जारी शुभकामना सन्देशमा पर्वलाई सकारात्मक सांस्कृतिक मूल्य मान्यतालाई स्थापित गर्दै पर्वका नाममा हुने विकृत पक्षलाई हटाउदै लैजानुपर्नेमा जोड दिएको छ ।
दीपावली पर्वले सबै जात, जाति, भाषा, संस्कृति र समुदायबीच आपसी सद्भाव र राष्ट्रिय एकता बलियो पार्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै राजनीतिक स्थिरता, सुशासन र समृद्धिको राजनीतिक यात्रामा सम्पूर्ण नेपालीहरु बीच सहयोग र सहकार्यमा दीपावली पर्वले प्रेरणा प्रदान गर्ने विश्वास गर्दछौं बिज्ञप्तीमा भनिएको छ ।
जारी विज्ञप्तीमा कोभिड १९ का कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डलाई पूर्णपालन गर्दै दीपावली पर्व मनाउन आग्रह गरिएको छ । विज्ञप्तीमा चाड पर्वका नाममा हुने जुवा, तास जस्ता कार्यलाई निरुत्साहित गर्न र त्यस्ता कार्यमा संलग्न नहुन आग्रह गरिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया