

स्विटजरल्यान्डसँग बराबरीमा रोकियो, सर्जियो रामोसले दुई पेनाल्टी चुकाए



ई–साझाकुरा, कार्तिक ३०
स्पेन नेसन्स लिगमा स्विटजरल्यान्डसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा स्पेन स्विटजरल्यान्डसँग १-१ को बराबरीमा रोकिएको हो । स्पेनका कप्तान सर्जियो रामोसले दुई पेनाल्टी चुकाउँदा एक- एक अंका बाड्न बाध्य भयो । रियल म्याड्रिड र स्पेनका लागि यसअघिका २५ पेनाल्टीमा कुनै मिस नगरेका रामोसले शनिबार भने बिर्सनलायक प्रदर्शन गरे । ५७ औं मिनेटमा ३४ वर्षीय रामोसको पहिलो प्रहार यान सोमरले डाइभ दिँदै बचाएका थिए । तर ८० औं मिनेटको दोस्रो पेनाल्टी प्रहारमा गोलरक्षकलाई चिप गर्न खोज्दा सोमरले ठम्याए र बचाउन सफल रहे । दुवै पेनाल्टी चुअकाउनुअघि स्विटजरल्यान्डले भने खेलमा अग्रता लिइसकेको थियो । घरेलु टोलीले २६ औं मिनेटमा ब्रिल एम्बोलोको क्रसमा रिमो फ्रयूलरले गोल गरेपछि अग्रता लिएको थियो । ७९ औं मिनेटमा अल्भारो मोराटालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि निको एलेभेदीले दोस्रो पहेंलो कार्ड पाएका थिए । रामोसले उक्त पेनाल्टीमा गोल गर्न नसकेपनि स्पेनले एक खेलाडी बढी रहेको फाइदा भने उठायो । खेलको ८९ औं मिनेटमा सर्जियो रेगुईलोनको क्रसमा जेरार्ड मोरेनोले गोल गर्दै स्पेनको लाज बचाए । यस बराबरीले स्पेनको अर्को चरणमा पुग्ने सम्भावना भने जीवित नै छ । स्पेन ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको जर्मनीको ९ अंक छ । अब मंगलबार हुने अन्तिम खेलमा स्पेनले जर्मनीलाई हराए अन्तिम चरणमा प्रवेश गर्नेछ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया