

स्विटजरल्यान्डसँग बराबरीमा रोकियो, सर्जियो रामोसले दुई पेनाल्टी चुकाए



ई–साझाकुरा, कार्तिक ३०
स्पेन नेसन्स लिगमा स्विटजरल्यान्डसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा स्पेन स्विटजरल्यान्डसँग १-१ को बराबरीमा रोकिएको हो । स्पेनका कप्तान सर्जियो रामोसले दुई पेनाल्टी चुकाउँदा एक- एक अंका बाड्न बाध्य भयो । रियल म्याड्रिड र स्पेनका लागि यसअघिका २५ पेनाल्टीमा कुनै मिस नगरेका रामोसले शनिबार भने बिर्सनलायक प्रदर्शन गरे । ५७ औं मिनेटमा ३४ वर्षीय रामोसको पहिलो प्रहार यान सोमरले डाइभ दिँदै बचाएका थिए । तर ८० औं मिनेटको दोस्रो पेनाल्टी प्रहारमा गोलरक्षकलाई चिप गर्न खोज्दा सोमरले ठम्याए र बचाउन सफल रहे । दुवै पेनाल्टी चुअकाउनुअघि स्विटजरल्यान्डले भने खेलमा अग्रता लिइसकेको थियो । घरेलु टोलीले २६ औं मिनेटमा ब्रिल एम्बोलोको क्रसमा रिमो फ्रयूलरले गोल गरेपछि अग्रता लिएको थियो । ७९ औं मिनेटमा अल्भारो मोराटालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि निको एलेभेदीले दोस्रो पहेंलो कार्ड पाएका थिए । रामोसले उक्त पेनाल्टीमा गोल गर्न नसकेपनि स्पेनले एक खेलाडी बढी रहेको फाइदा भने उठायो । खेलको ८९ औं मिनेटमा सर्जियो रेगुईलोनको क्रसमा जेरार्ड मोरेनोले गोल गर्दै स्पेनको लाज बचाए । यस बराबरीले स्पेनको अर्को चरणमा पुग्ने सम्भावना भने जीवित नै छ । स्पेन ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको जर्मनीको ९ अंक छ । अब मंगलबार हुने अन्तिम खेलमा स्पेनले जर्मनीलाई हराए अन्तिम चरणमा प्रवेश गर्नेछ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया