

लायन्स र लियो क्लव कपिलवस्तुको विश्व मधुमेह दिवसको अवसरमा सचेतना कार्यक्रम सम्पन्न


कार्तिक २९, ई–साझाकुरा
लायन्स क्लव अफ कपिलवस्तु र लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा विश्व मधुमेह दिवसको अवसरमा सचेतना तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ
। आज वाणगंगा नगरपालिकाको पिपरा देखि चार नम्बर जितपुर चोक सम्म सचेतना ¥याली लायन्स तथा लियो क्लवका सदस्यहरु, सुरक्षाकर्मीहरु तथा स्थानियहरुको उपस्थितीमा सम्पन्न गरेको छ । आयोजित सचेतना ¥यालीमा करीव १५० भन्दा बढीको सहभागीता रहेको थियो ।

यस्तै आजै कार्यक्रमको अवसरमा निशुल्क मधुमेह जाँच स्वास्थ्य शिविर पनि सम्पन्न गरेको छ । कपिलवस्तुको चार नम्बरमा रहेको शान्त होमीयो फार्मेसी (गोर्खाली आयुवेदिक औसधालयमा) आयोजित स्वास्थ्य शिविरमा करिव १५० भन्दा बढीले मधुमेह जाँच गरेका थिए । आयोजित कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तुका टेमर शान्तराज गैरेको संयोजकत्तव रहेको ला. कृष्ण के.सी र ला. धातानन्द भुसालले कार्यक्रमको विषयवस्तुमा माथि प्रकाश पार्नुभएको थियो ।
यस्तै कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तुका सचिव राम सुभागे थारुको सञ्चालनमा सम्पन्न भएको लायन्स क्लव अफ कलिवस्तुका सह–सचिव ओम प्रकाश घिमिरेले ई–साझाकुरालाई जानकारी दिनुभएको छ । आयोजित कार्यक्रममा लियो क्लवका अध्यक्ष मदन पौडेल तथा लायन्सका सदस्यहरु दामोदर पन्थी, नवदत्त घिमिरे, राम प्रसाद भुसाल, महेन्द्र भुसाल लगायतको उपस्थिती रहेको थियो ।
लायन्स क्लव अफ कपिलवस्तु र लियो क्लव अफ कपिलवस्तु दुवै संस्था कपिलवस्तु जिल्ला भित्र सक्रिय रहेका सामाजिक संस्था हुन् ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया