

लायन्स र लियो क्लव कपिलवस्तुको विश्व मधुमेह दिवसको अवसरमा सचेतना कार्यक्रम सम्पन्न



कार्तिक २९, ई–साझाकुरा
लायन्स क्लव अफ कपिलवस्तु र लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा विश्व मधुमेह दिवसको अवसरमा सचेतना तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ
। आज वाणगंगा नगरपालिकाको पिपरा देखि चार नम्बर जितपुर चोक सम्म सचेतना ¥याली लायन्स तथा लियो क्लवका सदस्यहरु, सुरक्षाकर्मीहरु तथा स्थानियहरुको उपस्थितीमा सम्पन्न गरेको छ । आयोजित सचेतना ¥यालीमा करीव १५० भन्दा बढीको सहभागीता रहेको थियो ।

यस्तै आजै कार्यक्रमको अवसरमा निशुल्क मधुमेह जाँच स्वास्थ्य शिविर पनि सम्पन्न गरेको छ । कपिलवस्तुको चार नम्बरमा रहेको शान्त होमीयो फार्मेसी (गोर्खाली आयुवेदिक औसधालयमा) आयोजित स्वास्थ्य शिविरमा करिव १५० भन्दा बढीले मधुमेह जाँच गरेका थिए । आयोजित कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तुका टेमर शान्तराज गैरेको संयोजकत्तव रहेको ला. कृष्ण के.सी र ला. धातानन्द भुसालले कार्यक्रमको विषयवस्तुमा माथि प्रकाश पार्नुभएको थियो ।
यस्तै कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तुका सचिव राम सुभागे थारुको सञ्चालनमा सम्पन्न भएको लायन्स क्लव अफ कलिवस्तुका सह–सचिव ओम प्रकाश घिमिरेले ई–साझाकुरालाई जानकारी दिनुभएको छ । आयोजित कार्यक्रममा लियो क्लवका अध्यक्ष मदन पौडेल तथा लायन्सका सदस्यहरु दामोदर पन्थी, नवदत्त घिमिरे, राम प्रसाद भुसाल, महेन्द्र भुसाल लगायतको उपस्थिती रहेको थियो ।
लायन्स क्लव अफ कपिलवस्तु र लियो क्लव अफ कपिलवस्तु दुवै संस्था कपिलवस्तु जिल्ला भित्र सक्रिय रहेका सामाजिक संस्था हुन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया