

ठूलो परिमाणको गाँजासहित एक युवक पक्राउ



कार्तिक २९ बागलुङ ।
जिल्लाको निसीखोलाबाट प्रहरीले ठूलो परिमाणको लागुपदार्थसहित एक युवकलाई पक्राउ गरेको छ ।
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ लुर्पावाङबाट घर नजिकै लुकाई राखेको १ सय ५० केजी गाँजासहित ३४ वर्षीय टेकबहादुर घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लुकाई छिपाई गाँजा राखेको भन्ने सूचनाको आधारमा शुक्रबार प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा परिचालन भएको प्रहरीले शनिबार बिहान चार बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । भर्तीलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ गरिएका घर्तीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याउदै गरेको प्रहरी नायव उपरीक्षक रेग्मीको भनाइ छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया