

ओली विरूद्धको एकल प्रस्ताव फिर्ता गर्नुहोस् : पोखरेल


कार्तिक २९, ई–साझाकुरा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेको बताएका छन्।शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै पोखरेलले प्रचण्डको एकल प्रस्तावले पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको लेखेका छन्।
उनले प्रचण्डलाई एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन अनुरोध गरेका छन्।
‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु’, पोस्टमा पोखरेलले लेखेका छन्।
पार्टी सचिवालय बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री ओलीको सोच कम्युनिस्ट पार्टीको सिद्धान्त र मान्यता विपरित रहेको समेत उल्लेख गरेका थिए।
यस्तै प्रम तथा पार्टी अध्यक्ष ओलीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लेखेको पत्रमा उनको कार्यकारी भूमिकामाथि प्रश्न उठाएका छन्।
प्रधानमन्त्री ओलीले प्रचण्डलाई लेखेको पत्रमा आफ्नो भागमा परेको कामका सन्दर्भमा के गर्नुभयो भनेर समेत सोधेका थिए।
प्रचण्डलाई सम्बोधन गरिएको पत्र सचिवालयका अन्य सदस्यहरुलाई समेत बोधार्थ पठाइएको छ।
‘कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मा पाउनु भएको अध्यक्ष कमरेडले आफ्नो भागमा परेको कामका सन्दर्भमा के गर्नुभयो? पछिल्लोचोटि १५ दिनभित्र सम्पन्न गर्ने भनिएको एकीकरणको काम कहाँ पुग्यो? त्यसको रोडम्याप के कस्तो बन्यो?’ प्रधानमन्त्री ओलीले पत्रमा दाहाललाई प्रश्न गरेका छन्।
‘महाधिवेशनको तयारीका लागि बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डा र प्रस्ताव तयार गर्ने के के गृहकार्य गर्नुभयो? र त्यसमा मसँग यहाले के सहयोग माग्नुभयो? या मैले कही बाधा अवरोध पो पुर्याएँ कि,’ उनले थप सोधेका छन्।
उनले विगतमा पनि प्रधानमन्त्रीको हातखुट्टा यसैगरी बाँध्ने र घेराबन्दी गरिएको आरोप लगाउँदै आफूलाई बैठकबाट भाग्न खोजेको भनेर गलत आरोप लगाइएको उनको पत्रमा छ।
यस्तै हिजो नै बसेको नेकपा सचिवालयका प्रचण्ड-नेपाल पक्षधरहरूको बैठकले ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्ष स्विकार्न नखोजेको आरोप लगाएका छन्।
पोखरेलले लेखेको स्टाटसः
कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया