

बंगलादेशसँग हार्यो नेपाल



कार्तिक २८, ई–साझाकुरा
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। शुक्रबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपाललाई घरेलु टिम बंगलादेशले २-० गोलले पराजित गरेको हो।
नेपालले दुवै हाफमा १-१ गोल खाएको थियो। खेलको दशौं मिनेटमा नवीद जीवनले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए।
८० मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो। वान भर्सेस वानको अवस्थामा महबुर रहमानले बंगलादेशका लागि दोस्रो गोल गरेका थिए।

यसअघि नेपाल बंगलादेशविरुद्ध भएका पछिल्ला पाँच खेलमा नेपाल तीन खेलमा विजयी भएको थियो। एक खेलमा बंगलादेशले जित हात पार्दा एक खेल बराबरीमा सकिएको छ।
नेपाली राष्ट्रिय टिम झण्डै एक वर्षपछि मैदान उत्रिएको हो। नेपाली राष्ट्रिय फुटबल टिमले पछिल्लो अन्तर्राष्ट्रिय खेल खेलेको आगामी साता एक वर्ष पूरा हुँदैछ।
फिफा विश्वकप २०२२ अन्तर्गत दोस्रो चरणको चरणमा नेपालले गत नोभेम्बर १९ मा कुवेतविरुद्ध भुटानको चाङ्लीमिथाङ रंगशालामा प्रतिस्पर्धा गरेको थियो। सो खेलमा नेपाल १–० गोलले पराजित भएको थियो।
त्यसयता कोरोना महामारीका कारण कुनै पनि खेल हुन नसकेको हो।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया