
बेवास्ता गरिएका रोगको बारेमा जिनुवाका विद्यार्थीलाई दिइयो प्रशिक्षण

नवराज बेल्वासे, कार्तिक २८ भलवाड
कपिलवस्तुको बाणगंगा ९ भलवाडमा उष्णप्रदेशिय प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । शुद्धोधन जनजीवन मा बि जिनुवामा कालिका स्वाबालम्बन केन्द्रद्वारा संचालित आधारभूत परियोजना अन्तरगत असल स्वास्थ्य ,असल शिक्षा र सबल बालबालिका भन्ने मुल नाराका साथ उष्णप्रदेशिय सम्बन्धि बेवास्ता गरिएका रोगहरुको बारेमा सहभागितहरुलाई प्रशिक्षण दिइएको हो ।
हात्तीपाइले,कुस्ठ रोग,जुका मलेरिया जस्ता रोगहरुको बारेमा भलवाड स्वास्थ प्रमुख जित बिकास रायमाझिले जानकारी प्रदान गर्नुभयो । प्रशिक्षणमा विद्यालयका कक्षा १० र ११ मा अध्ययन गर्ने तीस जना छात्रछात्राहरुको सहभागीता रहेको थियोे । कार्यक्रम शुद्धोधन माविका प्रधानध्यापक अनिता कडेलको अध्यक्षता बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भत्ट्टराइको प्रमुख आतिथ्यता रहेको थियो । कालिका स्वाबालम्बन केन्द्रका सहजकर्ता यमुना पन्थीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया