बेवास्ता गरिएका रोगको बारेमा जिनुवाका विद्यार्थीलाई दिइयो प्रशिक्षण

नवराज बेल्वासे, कार्तिक २८ भलवाड

कपिलवस्तुको बाणगंगा ९ भलवाडमा उष्णप्रदेशिय प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । शुद्धोधन जनजीवन मा बि जिनुवामा कालिका स्वाबालम्बन केन्द्रद्वारा संचालित आधारभूत परियोजना अन्तरगत असल स्वास्थ्य ,असल शिक्षा र सबल बालबालिका भन्ने मुल नाराका साथ उष्णप्रदेशिय सम्बन्धि बेवास्ता गरिएका रोगहरुको बारेमा सहभागितहरुलाई प्रशिक्षण दिइएको हो ।

हात्तीपाइले,कुस्ठ रोग,जुका मलेरिया जस्ता रोगहरुको बारेमा भलवाड स्वास्थ प्रमुख जित बिकास रायमाझिले जानकारी प्रदान गर्नुभयो । प्रशिक्षणमा विद्यालयका कक्षा १० र ११ मा अध्ययन गर्ने तीस जना छात्रछात्राहरुको सहभागीता रहेको थियोे । कार्यक्रम शुद्धोधन माविका प्रधानध्यापक अनिता कडेलको अध्यक्षता बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भत्ट्टराइको प्रमुख आतिथ्यता  रहेको थियो । कालिका स्वाबालम्बन केन्द्रका सहजकर्ता यमुना पन्थीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

खबर सबै