

स्वर्गिय भगवानदास गुप्तको २३ औं स्मृती दिवस सम्पन्न





सुरेश कुमार पांडेय ,कपिलवस्तु, २८ कार्तिक
पुर्व माननिय स्वर्गिय भगवानदास गुप्तको २३ औं स्मृती दिवसको पुण्य तिथी समारोह तौलिहवामा सम्पन्न गरिएको छ । भगवानदास गुप्त स्मृती प्रतिष्ठानको आयोजनामा तौलिहवामा २३ पुष्यतिथी समारोहको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको हो ।

सो अवसरमा बिभिन्न क्षेत्रका अगुवाको सम्मान, बाल गृहका २९ जना अनाथ बालकलाई स्कुल व्याग गरिएको छ भने अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण तथा प्रशासन चौकमा रहेको स्वर्गिय गुप्तको शालिकमा माल्यार्पण गरिएको थियो ।
प्रतिष्ठान संरक्षक रामदास गुप्ता, प्रदेशसभा सदस्य दिर्घनारायण पाण्डेय, धर्मबहादुरलाल श्रीवास्तब, कपिलबस्तु नगरपालिका की उप मेयर लक्ष्मी गुप्ता लगायत १ सय बढीले स्वर्गिय गुप्ताको त्याग, निष्ठा र ईमान्दारिताको पदचिन्हमा हिडेर स्वर्गिय गुप्त प्रति सच्चा श्रद्धान्जली दिनु दिनु भएको छ । प्रतिष्ठानका अध्यक्ष समेत रहेका स्वर्गिय गुप्ताका छोरा प्रतिनिधी सभाका साँसद बृजेश कुमार गुप्ताले निष्ठा र ईमान्दारिताको आफनो पिताको निती सदैव आफ्ना लागी मार्ग दर्शन हुने बताउनु भएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया