

लुम्बिनी प्रदेशले ल्यायो प्रदेश रोजगार पोर्टल




कार्तिक २८ बुटवल ।
लुम्बिनी प्रदेश सरकारले रोजगार पोर्टलको विकास गरी रोजगारकर्ताहरुलाई रोजगारदातासँग पुर्याउने अनलाइन प्रविधिको सुरुवात गरेको छ । प्रदेशभित्रै रोजगारीका अवसर सिर्जना गरी यस क्षेत्रका लागि आवश्यक जनशक्तिको प्रवन्ध गर्न सरकारले रोजगार पोर्टल सञ्चालनमा ल्याएको हो । यो प्रविधिको विकासँगै बेरोजगार रहेका कुनै पनि क्षमताका नागरिकले घरमै बसेर अनलाइन आवेदन भर्न सक्ने छन् भने रोजगार दाताहरुले आफ्ना लागि आवश्यक जनशक्ति यसै पोर्टलको माध्यमबाट आपूर्ति गर्न सक्ने छन् ।
विहिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रोजगार पोर्टका बारेमा सञ्चारकर्मीहरुलाई जानकारी गराउँदै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीले यसलाई नविन स्थापनाको सुरुवातको रुपमा लिइएको बताए । विश्वव्यापी कोरोना महाकारीले स्वदेश फकिएका नागरिकहरुलाई रोजगार सिर्जनाका लागि सरकारले काम गरिरहेको बताउँदै उनले प्रदेशमा आवश्यक जनशक्तिहरुसमेत स्वदेशी जनशक्तिबाटै पूर्ति गर्ने गरी काम गरिरहेको उनले बताए ।
रोजगारदाता र रोजगारको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा ल्याउने गरी ल्याइएको यो प्रविधिको माध्यमबाट रोजगार सिर्जना र जनशक्तिको आपूर्तिलाई एकद्वार प्रणालीमा लैजान सजिलो हुने लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा। इश्वर गौतमले बताए । नागरिकहरुले यस पोर्टलमा गएर आफूले चाहेका रोगार क्षेत्र, आफ्नो क्षमता, सीप तथा ज्ञानका बारेमा खुलाएर आवेदन दिन पाउने छन् । यसैगरी रोजगार दाता कम्पनीहरुले आफ्ना लागि आवश्यक जनशक्ति, सेवा सुविधा लगायतका विषय खुलाएर जनशक्ति माग गर्न सक्ने छन् ।
कसरी काम हुन्छ अनलाइन पोर्टलमा
www.rojgari.lumbini.gov.np मा लग इन गरीसकेपछि आफूलाई काम गर्न चाहेको क्षेत्रहरु छनोट गर्नु पर्ने छ । छनोट गरिएको क्षेत्रमा आफूले काम गर्न चाहेको काम, आफ्नो क्षमता तथा काम गरे बापत पाउने पारिश्रमिक समेत उल्लेख गरी आफ्ना सम्पूर्ण सम्पर्क विवरण भर्न सक्ने छन् । गोपनियताका लागि आवेदन कर्ताको मोवाइल नम्बर लगायतका केही जानकारीहरु भने गोप्य नै राखिने छ ।
यसैगरी रोजगार दाताहरुले यो पोर्टलमा गएर आफ्ना लागि आवश्यक जनशक्तिका बारेमा विवरण खुलाएर राख्न सक्ने छन् । उनिहरुले विवरण खुलाउँदा आवश्यक पर्ने जनशक्तिको योग्यतासहितको विवरण खुलाउनुका साथै दिन सक्ने सेवा सुविधा समेत खुलाउनु पर्ने छ । यसरी दुबै पक्षबाट आएका आवेदनहरुलाई रोजगार दाता तथा रोजगार कर्ताहरुले छनोट गरी सम्पर्क स्थापित गर्न सक्ने छन् । यसरी रोजगार दाता तथा रोजगार कर्ताहरु बीच सम्पर्क स्थापित भएका रेकर्डहरु प्रदेशको रोजगार पार्टलले संकलन गरी राख्ने हुँदा रोजगार आपूर्ति तथा जनशक्ति आपूर्ति थप विश्वसनीय र व्यवस्थित रहने अपेक्षा गरिएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया