

अवैध रुपमा भित्रिएका पटाका कपिलवस्तुमा बरामद



कार्तिक २८ कपिलवस्तु
अवैध रुपमा कपिलवस्तुको बाटो हुँदै भारतबाट विष्फोक जन्य पदार्थ पटाका नेपाल भित्रिएका छन् ।
नेपालमा पटाका पड्काउन निषेध गरिए पनि व्यापारीहरुले अवैध रुपमा चोरबाटो हुँदै ठूलो मात्रामा पटाका भित्र्याईरहेका हुन् । प्रहरीले सीमा क्षेत्रमा चेकजाँचलाई प्रभावकारी बनाए पनि खुला बोर्डरको कारण पटाका भित्रिरहेका छन् । कपिलवस्तुको मर्यादपुर, चाकरचौडा, हरदौना र कृष्णनगर क्षेत्रबाट पटकाहरु भित्रिरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले एक दिनमा डेढ लाख रुपैयाँ भन्दा बढी मूल्यका विस्फोटकजन्य पदार्थ बरामद गरि नष्ट गरिएको सुठौली भन्सार कार्यालयले जनाएको छ । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि पटकाजन्य पदार्थ ओसार–पसार, खरिद–बिक्री र प्रयोगमा पूर्णप्रतिबन्ध सहित अनुगमनलाई प्राथमिकता दिईएकोे छ । जिल्ला प्रहरी कार्यालयले सीमा क्षेत्र तथा किनारका छोटी नाकाहरुमा समेत कडाइ र गस्ती गर्न निर्देशन दिएको बताईएको छ ।पटका बिक्री तथा प्रयोग गर्ने जो–कोहीलाई पनि कानुनी कारबाही गरिने जिल्ला प्रसाशन कार्यलय कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया