
अवैध रुपमा भित्रिएका पटाका कपिलवस्तुमा बरामद

कार्तिक २८ कपिलवस्तु
अवैध रुपमा कपिलवस्तुको बाटो हुँदै भारतबाट विष्फोक जन्य पदार्थ पटाका नेपाल भित्रिएका छन् ।
नेपालमा पटाका पड्काउन निषेध गरिए पनि व्यापारीहरुले अवैध रुपमा चोरबाटो हुँदै ठूलो मात्रामा पटाका भित्र्याईरहेका हुन् । प्रहरीले सीमा क्षेत्रमा चेकजाँचलाई प्रभावकारी बनाए पनि खुला बोर्डरको कारण पटाका भित्रिरहेका छन् । कपिलवस्तुको मर्यादपुर, चाकरचौडा, हरदौना र कृष्णनगर क्षेत्रबाट पटकाहरु भित्रिरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले एक दिनमा डेढ लाख रुपैयाँ भन्दा बढी मूल्यका विस्फोटकजन्य पदार्थ बरामद गरि नष्ट गरिएको सुठौली भन्सार कार्यालयले जनाएको छ । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि पटकाजन्य पदार्थ ओसार–पसार, खरिद–बिक्री र प्रयोगमा पूर्णप्रतिबन्ध सहित अनुगमनलाई प्राथमिकता दिईएकोे छ । जिल्ला प्रहरी कार्यालयले सीमा क्षेत्र तथा किनारका छोटी नाकाहरुमा समेत कडाइ र गस्ती गर्न निर्देशन दिएको बताईएको छ ।पटका बिक्री तथा प्रयोग गर्ने जो–कोहीलाई पनि कानुनी कारबाही गरिने जिल्ला प्रसाशन कार्यलय कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया