

गुल्मीमा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु , ७ जना घाइते



कात्तिक २८, गुल्मी ।
गएराति गुल्मीमा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् ।
जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नम्बर २, फोक्सीबास भन्ने स्थानमा लु१च ४७११ नम्बरको जीप दुर्घटना हुँदा चालक २४ वर्षीय मेखबहादुर गाहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं एसपी प्रविणलाल श्रेष्ठले चालक गाहको मृत्यु भएको तथा अन्य ७ जना घाइते भएको जनाए ।
घाइतेमध्ये सोनु गाह र प्रेमबहादुर थापा स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि डिस्चार्ज भईसकेका छन् भने घनबहादुर गाह, प्रेमबहादुर पल्ली, श्री राजकोटी, अलिक पाल्पाली र भिमहादुर गाहको लुम्विनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको एसपी श्रेष्ठले जानकारी दिए ।
उक्त जीप मजुवाबाट जुभुङ्गको हटियातर्फ आउँदै गरेको अवस्थामा सडकबाट करिव ३ सय मिटर तल खसेको बताईएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया