

बेरोजगारलाई रोजगारी, मन्त्रालयले पठायो ३ अर्ब अनुदान



कात्तिक २७, काठमाण्डौ ।
बेरोजगारलाई रोजगारी दिन श्रम मन्त्रालयले ५६९ पालिकामा ३ अर्ब रुपैयाँ रकम सशर्त अनुदान पठाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा बेरोजगारको सूचीमा सूचीकृत विपन्न बेरोजगार व्यक्तिलाई रोजगारी दिन सशर्त अनुदान पठाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
रोजगार सेवा केन्द्रमा बेरोजगारको सूचीमा सूचीकृत विपन्न बेरोजगार व्यक्तिले पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मत कार्यमा संलग्न गराई रोजगार उपलब्ध गराइने छ । मन्त्रालयले रोजगार व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका बेरोजगार व्यक्तिको सङ्ख्याको आधारमा रकमको बाँडफाँड गरी ५६९ पालिकालाई ३ अर्ब रुपैयाँ अनुदानको रुपमा पठाएको हो ।
सरकारले बजेटमा घोषणा गरेअनुसार पालिकाहरुमा सञ्चालित सार्वजनिक निर्माण कार्यमा श्रममुलक विधिबाट आयोजना कार्यान्वन गर्रा २ लाख जनालाई रोजगारी उपलब्ध गराउने उदेश्य अनुसार अहिलेसम्म ६ अर्ब ८९ करोड रकम विभिन्न पालिकाहरुलाई श्रम मन्त्रालयले उपलब्ध गराएको छ । यसबाट १ लाख ३३ हजार ३ सय २७ जनाले न्यूनतम एक सय दिनको रोजगारी उपलब्ध हुने मन्त्रालयको अपेक्षा छ । चालु आर्थिक वर्षको लागि बाँकी रहेको ३ अब ४४ करोड ७० लाख रुपैयाँ पनि बाँडफाँड गरी छिट्टै पठाउने श्रम मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया