हेटौंडा–१ स्थित अजयकुमार ठाकुरले गोप्य रुपमा सञ्चालन गरेको उद्योगको गोदामबाट ठूलो परिमाणमा अगरबत्ति बनाउने केमिकल, मेशिन, भारतको बैंगलोरका विभिन्न उद्योगहरुको दर्जनौ ट्रेडमार्कका अगरबत्तिका र्यापिङहरु समेत फेला पारेको छ ।सञ्चालक ठाकुरले बाहिर अन्य व्यवसाय देखाएर भित्र गोप्यरुपमा उद्योग सञ्चालन गरेका थिए ।
अनुगमन टोलीले प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६ को दफा ६० बमोजिम २ लाख ५० हजार जरिवाना समेत गरेको छ ।सिल गरिएको उद्योगले अबैधरुपमा हेटौंडामै उत्पादन गरेको अगरबत्तिलाई भारतीय उत्पादन भन्दै महङ्गो मूल्यमा हेटौंडासहित देशका विभिन्न शहरमा बिक्री गर्दै आएको प्रहरीले सूचना पाएको थियो ।














प्रतिक्रिया