

सिफारिस बनाएर रकम असुल्ने पक्राउ


कात्तिक २६, बाँके ।
नेपालगञ्जमा रहेको भेरी अस्पतालमा पीसीआर परीक्षणका लागि निःशुल्क सिफारिस बनाएर रकम असुल हुने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काका अनुसार सिफारिस बनाइ दिएर रकम असुल गर्ने भेरी अस्पतालमा कार्यरत दुई जना सुरक्षागार्ड र कोभिड वार्डमा सहयोगीको रुपमा कार्यरत एक जनालाई बुधबार अस्पतालबाटै पक्राउ गरिएको हो ।
उनीहरुले निःशुल्क पीसीआरका लागि लक्षित वर्गका व्यक्तिको रुपमा डाक्टरको सिफारिस बनाएर रकम असुल गर्दै आएको प्रहरीले जनाएको छ । यसरी सिफारिस बनाउँदा उनीहरुले डाक्टरको सिफारिसका लागि आफैले किर्ते हस्ताक्षर गर्ने गरेको पाइएको छ ।
पक्राउ परेकाहरूले ६ जनाको सिफारिस बनाएर रकम लिएको बयान दिएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया