

वाणगंगा ७ ले निशुल्क दियो २७ व्यवासायी महिलाहरुलाई सिलाई मेसिन



कात्तिक २६ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ ले आज वडाका २७ जना व्यावसायिक सिलाईकटाईमा लागेका महिलाहरुलाई सिलाई मेसिन निशुल्क प्रदान गरेको छ । चालु आर्थिक वर्षको महिला लक्षित कार्यक्रम अन्र्तगत सिलाई कटाई तालिमको लेभल एक र लेभल दुई प्राप्त वडाका महिलाहरु जो व्यवासायमा लागेका छन उनीहरु मध्येबाट छनौठ गरि पछिल्ला २२ वर्ष देखि तीन वर्ष अघिबाट व्यवसायमा लागेको महिलाहरु २७ जनालाई मेसिन प्रदान गरिएको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो ।
वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच सो मेसिन पहिलो चरण अन्र्तगत हस्तान्त्रण गरिएको हो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले महिलाहरु समुदायमा आफै पछाडी परको नभई पछाडि पारिको भन्दै अहिलेको वर्तमान समयमा महिला अधिकार र महिला लक्षित धेरै कानुन बनेको बताउनुभयो । अब कुनैपनि महिलाले आफुलाई कमजोर महशुस गर्न नहुने उहाँको भनाई थियो ।

यस्तै कार्यक्रममा संविधान सभा सदस्य बलराम अधिकारीले आफ्नो सिप र कलाको सहि ढङ्गले सदुपयोग गर्दै व्यावसायीकणरमा लाग्न सके उपलब्धिमुलक हुने बताउनुभयो । उहाँले महिला अधिकार र महिला लक्षित कार्यक्रमका लागि तीनै तहका सरकारहरुले विशेष योजना बनाईरहेको पनि बताउनुभयो । संविधानमै महिला हक र अधिकारका कुरा समेटिएकाले अब कुनैपनि जात, वर्ग र समुदायका महिला पछाडी नपर्ने उहाँको भनाई थियो ।
वाणगंगा नगरपालिका अन्र्तगतका विभिन्न वडाहरुको तुलनामा वडा नम्बर ७ ले लक्षित वर्गका कार्यक्रम अन्र्तगत प्रभावकारी कार्यान्वयन गर्दै आफ्नो पहिचान बनाईरहेको कार्यक्रमका बक्ताहरुले बताएका थिए । अहिले ११ वडा वडा रहेको वाणगंगा नगरपालिकामा वडा नम्बर ७ ले चालु वर्षका लक्षित वर्गका कार्यक्रम धमाधम सम्पन्न गरिरहेको छ । आज सम्पन्न कार्यक्रम महिला लक्षित कार्यक्रम अन्र्तगत वडाको रु. ३ लाख ५० हजार विनियोजित बजेटबाट व्यावसायीक सिलाईकटाईमा लागेका महिलाहरुलाई प्रदान गरिएको वडा कार्यालयल जनाएको छ । यो सहयोगले व्यवासयमा लागेका महिला व्यवसायीहरुलाई थप टेवा र हौसला मिल्ने विश्वास लिइएको वडा अध्यक्ष विष्णु गिरीले बताउनु भएको छ ।

यस अघि वडाको महिला लक्षित कार्यक्रम अन्र्तगत स्वास्थ्य संयमसेविका तथा स्वास्थ्यकमी र बालविकास शिक्षकहरुलाई साईकल र झोला वडाले दिएको थियो भने गत वर्ष देखि सुत्केरी पोषण कार्यक्रम समेत संचालनमा रहेको छ । यस बाहेका अन्य सिपमुलक तालिम र कार्यक्रम महिलाहरुलाई वडाले प्रदान गर्दै आएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया