

वाणगंगा ७ ले निशुल्क दियो २७ व्यवासायी महिलाहरुलाई सिलाई मेसिन



कात्तिक २६ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ ले आज वडाका २७ जना व्यावसायिक सिलाईकटाईमा लागेका महिलाहरुलाई सिलाई मेसिन निशुल्क प्रदान गरेको छ । चालु आर्थिक वर्षको महिला लक्षित कार्यक्रम अन्र्तगत सिलाई कटाई तालिमको लेभल एक र लेभल दुई प्राप्त वडाका महिलाहरु जो व्यवासायमा लागेका छन उनीहरु मध्येबाट छनौठ गरि पछिल्ला २२ वर्ष देखि तीन वर्ष अघिबाट व्यवसायमा लागेको महिलाहरु २७ जनालाई मेसिन प्रदान गरिएको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो ।
वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच सो मेसिन पहिलो चरण अन्र्तगत हस्तान्त्रण गरिएको हो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले महिलाहरु समुदायमा आफै पछाडी परको नभई पछाडि पारिको भन्दै अहिलेको वर्तमान समयमा महिला अधिकार र महिला लक्षित धेरै कानुन बनेको बताउनुभयो । अब कुनैपनि महिलाले आफुलाई कमजोर महशुस गर्न नहुने उहाँको भनाई थियो ।

यस्तै कार्यक्रममा संविधान सभा सदस्य बलराम अधिकारीले आफ्नो सिप र कलाको सहि ढङ्गले सदुपयोग गर्दै व्यावसायीकणरमा लाग्न सके उपलब्धिमुलक हुने बताउनुभयो । उहाँले महिला अधिकार र महिला लक्षित कार्यक्रमका लागि तीनै तहका सरकारहरुले विशेष योजना बनाईरहेको पनि बताउनुभयो । संविधानमै महिला हक र अधिकारका कुरा समेटिएकाले अब कुनैपनि जात, वर्ग र समुदायका महिला पछाडी नपर्ने उहाँको भनाई थियो ।
वाणगंगा नगरपालिका अन्र्तगतका विभिन्न वडाहरुको तुलनामा वडा नम्बर ७ ले लक्षित वर्गका कार्यक्रम अन्र्तगत प्रभावकारी कार्यान्वयन गर्दै आफ्नो पहिचान बनाईरहेको कार्यक्रमका बक्ताहरुले बताएका थिए । अहिले ११ वडा वडा रहेको वाणगंगा नगरपालिकामा वडा नम्बर ७ ले चालु वर्षका लक्षित वर्गका कार्यक्रम धमाधम सम्पन्न गरिरहेको छ । आज सम्पन्न कार्यक्रम महिला लक्षित कार्यक्रम अन्र्तगत वडाको रु. ३ लाख ५० हजार विनियोजित बजेटबाट व्यावसायीक सिलाईकटाईमा लागेका महिलाहरुलाई प्रदान गरिएको वडा कार्यालयल जनाएको छ । यो सहयोगले व्यवासयमा लागेका महिला व्यवसायीहरुलाई थप टेवा र हौसला मिल्ने विश्वास लिइएको वडा अध्यक्ष विष्णु गिरीले बताउनु भएको छ ।

यस अघि वडाको महिला लक्षित कार्यक्रम अन्र्तगत स्वास्थ्य संयमसेविका तथा स्वास्थ्यकमी र बालविकास शिक्षकहरुलाई साईकल र झोला वडाले दिएको थियो भने गत वर्ष देखि सुत्केरी पोषण कार्यक्रम समेत संचालनमा रहेको छ । यस बाहेका अन्य सिपमुलक तालिम र कार्यक्रम महिलाहरुलाई वडाले प्रदान गर्दै आएको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया