

हिउँद सुरु भएसँगै ८० प्रतिशत चरा नेपाल आए



कात्तिक २६, काठमाण्डौ – जाडो छल्न विभिन्न देशबाट नेपाल आउने चरामध्ये ८० प्रतिशत नेपाल आइसकेका चराविद्ले बताएका छन् ।
जाडो छल्न नेपाल आउने १ सय ५० प्रजातिका चरामध्ये यो वर्षको हिउँद सुरु भएपछि ८० प्रतिशत नेपाल आइसकेका चराविद् डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो । चीन, मंगोलिया, रुस, साइबेरिया तथा कोरियाको छेउछाउलगायतका ठाउँबाट चराहरु जाडो छल्न नेपाल आउने गरेका उहाँले बताउनुभयो ।
जाडो छल्न तथा आहारा खोज्न चराहरु ४ देखि ५ हजार माइल पार गरेर नेपाल आउने गरेका उहाँले बताउनुभयो । असोजमा आउन थाल्ने चरा चैत वैशाखमा फर्कने गरेका छन् । जाडो छल्न हिउँदमा १ सय ५० प्रजातिका र गर्मी छल्न ५० देखि ६० प्रजातिका चरा नेपाल आउने उहाँले जानकारी दिनुभयो ।
कपिलवस्तुको जगदीशपुर जलाशय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, चितवनको बीसहजारी तालसहितका सिमसार क्षेत्रमा हाँस तथा गिद्ध प्रजातिका आप्रवासी चराले हिउँद बिताउने गरेका छन् । कतिपय हाँस प्रजातिका चराहरु कतै पनि नरोकिइकन नेपाल आउने गरेका छन् भने कतिपय चराहरु बिस्तारै बिस्तारै एक देशबाट अर्को देशमा हुँदै आउने गर्छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया