

कपिलवस्तुमा २५ वर्षीया महिलाले तिम्लिया बच्चा जन्माईन…



कपिलवस्तु अस्पतालमा २५ वर्षीया महिलाले शल्यक्रियाबाट पहिलो पटक तिम्लिया बच्चा जन्माएकी छन् । कपिलवस्तु नगरपालिका–२ लम्तीया की २५ वर्षिया सामिना खातुनले शल्यक्रिया मार्फत २ छोरी र एक छोरा जन्माएकी छन् । आइतबार दिउसो एक घण्टाको शल्यक्रियाबाट सामिनाले बच्चा जन्माएकी हुन् ।
आइतबार दिउसो १ बजेर १४ मिनेटमा ढाई किलो तौलको पहिलो छोरीलाई सल्यक्रियाबाट जन्माईएको थियो । यस्तै १ बजेर २५ मिनेटमा २ किलो एक सय ग्रामको छोरा र १ किलो ६ सय ग्रामको छोरी भएको अस्पतालको प्रसुति बार्डले जनाएको छ ।
अस्पतालकी डाक्टर पुनम लामाको अगुवाईमा आधा दर्जन स्वास्थयकर्मीको टोली शल्यक्रियामा सहभागी थिए ।
टोलीमा डाक्टर सन्तोष झा, रमेश महतो, रबीना क्षेत्री लगायत रहेका थिए । आफनो जीवनकालमा पहिलो पटक शल्यक्रिया मार्फत तिम्लिया बच्चा जन्माउने काममा जुटेको डाक्टर लामाले बताईन । सामिनाले दोश्रो गर्भमा एकै पटक ३ बच्चा जम्माएकी हुन । पहिलो उनको ३ वर्षको छोरी छन् । सामिना गर्भवति भएको २ महिना देखिनै अस्पतालको निगरानीमा थिईन ।
अस्पतालको इतिहास मै पहिलो पटक तिम्लिया बच्चा जन्माउने केस आएको थियो । सुत्केरी आमा र नवजात शिशुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिले आमा र शिशुहरुलाई जनरल बार्ड मै राखिएको छ । एकै पटक तिम्लिया बच्चा जन्माएकी सामिनाले सुरु देखि नै डाक्टरहरुले आफु्लाई राम्ररी सेवा दिएकाले आफुले तिम्लिया बच्चा जन्माउन सफल भएको बताईन ।
अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले शल्यक्रिया मार्फत अस्पतालमा पहिलो पटक तिम्लिया बच्चा जन्माइएकोमा सो कार्यमा लाग्ने सम्पुर्ण टिमलाई बधाई दिए । उनले अस्पतालमा बिभिन्न सेवाहरु बिस्तार गरिएकाले अहिले दैनिक १० बढी प्रसुति सेवा दिने गरेको बताए ।
अस्पताल ५० बेडको भएसंगै बिभिन्न सेवा सुबिधाहरु समेत बढेको उनले बताए । कोरोना ल्याब स्थापनाको काम आधा सकिएको छ । यस्तै चार बेडको आईसियु र भेन्टीलेरको निर्माण कार्य जारी रहेको छ । यस्तै प्रदेश सरकारको सहयोगमा नवजात शिशुहरुकालागि एनआईसिय्को निर्माण कार्य भैरहेको कपिलवस्तु अस्पत्तालले जनाएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया