

कपिलवस्तुमा २५ वर्षीया महिलाले तिम्लिया बच्चा जन्माईन…




कपिलवस्तु अस्पतालमा २५ वर्षीया महिलाले शल्यक्रियाबाट पहिलो पटक तिम्लिया बच्चा जन्माएकी छन् । कपिलवस्तु नगरपालिका–२ लम्तीया की २५ वर्षिया सामिना खातुनले शल्यक्रिया मार्फत २ छोरी र एक छोरा जन्माएकी छन् । आइतबार दिउसो एक घण्टाको शल्यक्रियाबाट सामिनाले बच्चा जन्माएकी हुन् ।
आइतबार दिउसो १ बजेर १४ मिनेटमा ढाई किलो तौलको पहिलो छोरीलाई सल्यक्रियाबाट जन्माईएको थियो । यस्तै १ बजेर २५ मिनेटमा २ किलो एक सय ग्रामको छोरा र १ किलो ६ सय ग्रामको छोरी भएको अस्पतालको प्रसुति बार्डले जनाएको छ ।
अस्पतालकी डाक्टर पुनम लामाको अगुवाईमा आधा दर्जन स्वास्थयकर्मीको टोली शल्यक्रियामा सहभागी थिए ।
टोलीमा डाक्टर सन्तोष झा, रमेश महतो, रबीना क्षेत्री लगायत रहेका थिए । आफनो जीवनकालमा पहिलो पटक शल्यक्रिया मार्फत तिम्लिया बच्चा जन्माउने काममा जुटेको डाक्टर लामाले बताईन । सामिनाले दोश्रो गर्भमा एकै पटक ३ बच्चा जम्माएकी हुन । पहिलो उनको ३ वर्षको छोरी छन् । सामिना गर्भवति भएको २ महिना देखिनै अस्पतालको निगरानीमा थिईन ।
अस्पतालको इतिहास मै पहिलो पटक तिम्लिया बच्चा जन्माउने केस आएको थियो । सुत्केरी आमा र नवजात शिशुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिले आमा र शिशुहरुलाई जनरल बार्ड मै राखिएको छ । एकै पटक तिम्लिया बच्चा जन्माएकी सामिनाले सुरु देखि नै डाक्टरहरुले आफु्लाई राम्ररी सेवा दिएकाले आफुले तिम्लिया बच्चा जन्माउन सफल भएको बताईन ।
अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले शल्यक्रिया मार्फत अस्पतालमा पहिलो पटक तिम्लिया बच्चा जन्माइएकोमा सो कार्यमा लाग्ने सम्पुर्ण टिमलाई बधाई दिए । उनले अस्पतालमा बिभिन्न सेवाहरु बिस्तार गरिएकाले अहिले दैनिक १० बढी प्रसुति सेवा दिने गरेको बताए ।
अस्पताल ५० बेडको भएसंगै बिभिन्न सेवा सुबिधाहरु समेत बढेको उनले बताए । कोरोना ल्याब स्थापनाको काम आधा सकिएको छ । यस्तै चार बेडको आईसियु र भेन्टीलेरको निर्माण कार्य जारी रहेको छ । यस्तै प्रदेश सरकारको सहयोगमा नवजात शिशुहरुकालागि एनआईसिय्को निर्माण कार्य भैरहेको कपिलवस्तु अस्पत्तालले जनाएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया